काँग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दाहाल

18 July, 2018 20:21 | राजनीति | comments | 11400 Views

नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुरुषोत्तम दाहाल नियुक्त हुनुभएको छ ।

पार्टी उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले बिहिबार उहाँलाई पार्टीको विधानबमोजिम नियुक्त गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

adsads

ओखलढुंगा निवासी दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ भने विगत ३४ वर्षदेखि प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ । विसं २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकारसमेत हुनुहुन्छ ।

दाहालले विसं २०४१ देखि २०५६ सम्म काँग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर कामसमेत गरिसक्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More