कांग्रेसजनहरुको परिचयात्मक भेला कतारमा सम्पन्न

18 March, 2017 19:45 | प्रबास | comments | 2700 Views

कांग्रेसजन

दिलिप पराजुली,दोहा कतार – कतारमा कार्यरत प्रदेश नं–१ का कांग्रेसजनहरुको परिचयात्मक भेला १७ मार्चका दिन नेपाली जनसम्पर्क समिती कतारको प्रदेश नं १ संयोजक नगेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो ।

उक्त भेलाले ६ बुंदे घोषणा पत्र जारी गर्दै अर्जुन चापागाईंको संयोजकत्वमा “नेपाली कांग्रेस प्रदेश नं १, समन्वय समिती कतार” को समेत गठन ग¥यो । समितीको सदस्य सचिवका खगेन्द्र खनाल रहेका छन् भने सदस्यहरु सेवन कार्की, अरुण केसी, पुकार बराल, भरत तुम्बाहाम्फे, कृष्ण बराल, मदन कटुवाल, सिता राई, सोमराज बराल, मनोज शाह र डिक बहादुर तामाङ्ग चयन भएका छन् । सोहि भेलामा धिरज चाम्लिङ्ग, कुमार काकी, नगेन्द्र श्रेष्ठ, प्रकाश कार्की, दिपक घिमिरे, राम सुंयाल र गोपाल कटुवाललाई सल्लाहकारमा चयन गरिएको थियो ।

अर्जुन चापागाईंले सञ्चालन गरेको उक्त भेलामा कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नेपाली जनसम्पर्क समिती कतार संस्थापक सदस्य कुमार कार्कीले नेपाल संघिय स्वरुपमा प्रवेश गरि सकेको अवस्थामा प्रदेश बाट नै संगठित हुँदै नेपाली काँग्रेसको बृहत्तर हित र विकास गर्नका निमित्त प्रवासमा समेत संगठन बलियो बनाउन आवश्यक रहेको बताए । कतारमा रहेका प्रदेश नं. १ को भेलाले जनसम्पर्क समिति कतारलाई समेत सुढृड र मजवुत पार्न भुमिका खेल्ने धारणा राख्दै जनसम्पर्क समिति कतारको अगुवाईमा अन्य प्रदेशहरुको समेत समन्वय समिति निर्माण हुनुपर्ने वताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस १३ औं महाधिवेशन प्रतिनिधी तथा नेपाली जनसम्पर्क समिती कतारका निवर्तमान महामन्त्री धिरज चाम्लिङ्गले प्रदेश नं १ बाट सुरु भएको यो ऐतिहासिक अभियान यसै गरि अन्य प्रदेशहरुमा पनि विस्तारित हुँदै जानु पर्नेमा जोड दिए । उनले कतारमा संगठनलाई मजवुत वनाउनका लागि जनसम्पर्क समितिले आफ्नो अगुवाईमा अन्य प्रदेशका समेत समन्वय समितिहरु गठन गरि संगठनलाई सुढृड वनाउनु पर्ने बताए ।

भेलाले चयन गरेको समितिका सदस्यसचिव खगेन्द्र खनालले केन्द्रिकृत नेतृत्व र विकेन्द्रित कार्यविधि प्रणाली मार्फत संगठनलाई मजवुत वनाउन सकिने धारणा राख्दै स्थानियस्तरवाट नै काँगे्रसलाई मजवुत वनाउनका लागि काम गरिने वताए । भेलामा उपस्थित काँगे्रसजनहरुको सुझाव वमोजिम संगठन विस्तार र सुढृडिकरणमा ध्यान दिने समेत वताए ।

त्यसैगरि समन्वय समितिका संयोजक अर्जुन चापागाँईले समन्वय समितिले जनसम्पर्क समिति कतारसँग अत्यन्त नजिक रहेर कार्य गर्ने समेत उल्लेख गरे । प्रदेश नम्वर १ का १४ वटै जिल्लावाट कतारमा आई कार्यरत काँगे्रसका आस्थावानहरुलाई समन्वय समिति मार्फत जनसम्पर्क समितिमा सदस्य वनाई संगठनको वृहत्तर हितमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो पहिलो भेला भएको र आगामी दिनमा जनसम्पर्क समितिका पदाधिकारीहरुलाई समेत सहभागि गराई संगठन विस्तार, प्रशिक्षण लगायत विविध कार्यक्रमहरु गर्ने जानकारी दिए ।

कार्यक्रमका सभापति तथा नेपाली जनसम्पर्क समिति प्रदेश नम्वर १ का संयोजक नगेन्द्र प्रसाद श्रेष्ठले सिंगो जनसम्पर्क समिति कतारको वृहत्तर हित र नेपाली काँगे्रस पार्टीको हितका लागि भेलामा उपस्थितहरुले देखाउनु भएको उत्साहले आफुलाई खुशी वनाएको कुरा व्यक्त गरे । त्यस्तै भेलालाई सफल वनाउनका लागि सहयोग गर्ने सम्पुर्ण काँगे्रसजनहरुलाई धन्यवाद व्यक्त गरे । नेपाली जनसम्पर्क समिति कतारको प्रदेश संयोजक भएको हैसियतले संगठन सुढृडिकरणका लागि यस्ता गतिविधि नेपाली जनसम्पर्क समिति मार्फत अन्य प्रदेशका काँगे्रसजनहरुमा समेत गर्न गराउनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको थिए ।

दोहाको एक रेष्टुरेण्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रकाश कार्की, दिपक घिमिरे, एकराज राई, लगायतले आफ्नो मन्तब्य राखेका थिए । प्रदेश नम्वर १ मा रहेका १४ जिल्ला काँगे्रसका आस्थावानहरुको व्यापक उपस्थिति रहेको थियो ।
घोषणा पत्रको पूर्णपाठ

१. नेपालको संघिय संरचना बमोजिम प्रदेश नं १ बाट कतारमा आई कार्यरत नेपाली काँग्रेसका आस्थावान कार्यकर्ताहरुलाई एकिकृत गरि नेपाली काँग्रेसको बृहत्तर हितमा सहयोग गरिनेछ ।

२. प्रदेश नं १ बाट कतारमा आई कार्यरत नेपाली काँग्रेसका आस्थावान कार्यकर्ताहरुको लगत तथा विवरण राख्ने कार्य गरिनेछ ।

३. कतारमा कार्यरत नेपालीहरु विच भाइचाराको सम्बन्धलाई सुदृढ गरि सामाजिक, नैतिक तथा व्यवहारिक सहयोगका कार्यक्रम गरिनेछ ।

४. नेपालको संस्कृति, पर्यटन तथा सामाजिक प्रवर्धनका लागी कार्यक्रमहरु आयोजना गर्नुका साथै सो किसिमका कार्यक्रमहरुमा सहभागिता जनाइनेछ ।

५. नेपाली काँग्रेसको भातृसंस्थाको रुपमा कतारमा स्थापित भई कार्यरत नेपाली जनसम्पर्क समिती कतारको बृहत्तर हित, संगठन विस्तार तथा सुदृढिकरण र गुणस्तर विकासका लागि सहयोगी तथा समन्वयकारी भूमिका निर्वाह गरिनेछ । साथै जनसम्पर्क समिती मार्फत अन्य प्रदेशका समन्वय समिती निर्माण गर्न समेत अनुरोध गर्दछौं ।

६. आगामी बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानिय निकायको निर्वाचन स्वच्छ, धाँधलिरहित र शान्ति सुव्यवस्थाका साथ सम्पन्न गराउन सम्बन्धित निकायलाई अनुरोध गर्दछौं । साथै प्रवासमा रहे पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्वाचन सफल वनाउन सहयोग गर्न सम्पूर्णलाई अनुरोध गर्दछौं ।

‘फुटको संघारमा’ जनसम्पर्क समिति कतार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More