“कांग्रेसलाई देशको माया भए प्रजातान्त्रिक एकता गर”

20 May, 2018 20:15 | बिचार | comments | 33300 Views
– यादब देवकोटा –

वाम एकतापछि अब प्रजातान्त्रिक एकता हुनुपर्ने आवाज जनस्तरबाट उठ्न थालेको छ । यो एकताको पहल नेपाली कांग्रेसले गर्नुपर्ने आवाज पनि उत्तिकै छ ।

adsads
किनभने ‘नेकपा’ गठन भएपछि अब मुलुकमा दुई धारको राजनीतिक शक्ति स्थापित हुने अपेक्षा बढ्दो छ । वामपन्थी धारको नेतृत्व नेकपाले गर्ने र प्रजातान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेसले गर्ने ।

आम जनताको भावना के छ भने बलियो दुई ध्रुवीय राजनीतिक प्रतिस्पर्धाले मात्रै देशमा स्थायित्व, विकास, समृद्धि र राष्ट्रियताको जगेर्ना गर्ने हुँदा नेपाली कांग्रेसलाई देशको माया छ भने अब प्रजातान्त्रिक एकता गर्नैपर्छ ।

धेरै राजनीतिक विश्लेषकहरुले अपेक्षा गरेका छन्– अब नेपाली कांग्रेसले प्रजातान्त्रिक विचारधारा भएकाहरुलाई मिलाएर वृहत पार्टी बनाउनु पर्दछ । यसले देशको समग्र राजनीतिलाई शुद्धिकरणको दिशातिर लैजान्छ । नेकपा स्थापनापछि अब कांग्रेसको अगुवाईमा अर्को ठूलो पार्टी बन्नुपर्छ भन्ने मान्यतामा रहेका छन् ।

तर नेपाली कांग्रेसका नेताहरु नेकपाको गठनमाथि आलोचना गर्नमै व्यस्त छन् । नेकपाको गठनलाई लिएर उनीहरु अधिनायकवादको हौवा फिजाउन अझै सक्रिए छन् । अर्कोतिर नेपाली कांग्रेस अहिले आफ्नै सस्यामा छ । निर्वाचनमा भोगेकको पराजयपछि पार्टी नेतृत्वमाथि आलोचना सुरु भएको छ । पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण भैरहेको छ । यस्तोमा उनीहरुले प्रजातान्त्रिक एकता गरेर मुलुकको आवश्यकता पूर्ति गर्न पहल गर्नुपर्छ ।

देशको सबभन्दा पुरानो पार्टी भएका नाताले नेपाली कांग्रेसले राजनीतिक स्थायित्व र राजनीतिक दल खोलेर गरिने व्यापार अन्त्यका लागि पहल गर्नैपर्छ । धेरै दल र कसैको पनि बहुमत नहुँदा नेपालको सत्ता राजनीतिमा कहिल्यै स्थायित्व आएन । सरकार टिकाउनकै लागि पाँच दर्जनभन्दा बढी मन्त्री बनाउनुपरेको निरीह अवस्था हाम्रा सामु थिए । नेपालमा सयभन्दा पार्टी अस्तित्वमा छन् । यी पार्टीहरुको हैसियत सबैले देखेकै छन् । समानुपातिक व्यवस्थाका कारण दोस्रो संविधानसभासम्म झण्डै तीन दर्जन पार्टी संसदमा थिए । अब त्यो अवस्था छैन । पार्टीका लागि पार्टी गठन गर्नु र अध्यक्षका लागि अध्यक्ष बन्नुको पनि कुनै औचित्य छैन ।

अहिले मुलुकका दुई ठूला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि मुलुकको राजनीतिमा स्थिरताको आशा जागेको छ । पार्टी एकीकरणपछि यसैको स्थायित्वकमाथि प्रश्न उठिरहे पनि यसले एउटा स्पष्ट संकेत के दिएको छ भने नेता हुने रहरले मात्र पार्टी खोलेर संसदमा एकसिटे भएर सत्ताका खेलाडी मात्र बन्ने समय अब सकियो ।

देशको सबभन्दा पुरानो पार्टी भएका नाताले नेपाली कांग्रेसले राजनीतिक स्थायित्व र राजनीतिक दल खोलेर गरिने व्यापार अन्त्यका लागि पहल गर्नैपर्छ ।

नेकपा गठनपछि अब यो पार्टीमा साना साना समूह बनाएर बसेका वाम पार्टीहरु पनि आउने अपेक्षा गरिएको छ । तर, कम्युनिष्ट पार्टीको दोकान थापेर बसेकाहरु सजिलै आउने लक्षण भने छैन । कम्युनिष्ट पार्टीभित्र नेताहरुको स्वार्थले गर्दा विचलन आएको इतिहासले देखाउँछ । अहिले दुई ठूला पार्टी एक भएपछि यसको सकारात्मक र नकारात्मक दुबै धारणा प्रवाह भैरहेको छ ।

हुन त नेकपा गठनप्रति साना वामपन्थी दलहरुको पनि सकारात्मक टिप्पणी छैन । अरुको नीति, कार्यक्रम र सिद्धान्तमा आलोचना गरेर नेता बन्ने रहर पालेकाहरुबाट यो एकतालाई बेमौसमको बाजा भन्न पछिपरेका छैनन् र यो लामो समय नटिक्के भविष्यवाणी नै गरेका छन् । यदि त्यस्तो भयो भने यो मुलुकबाट वामपन्थी ‘सिला’ खोज्नुपर्ने अवस्थामा रहने छैनन् भन्ने कसैले भन्न सक्दैन ।

हरेक कदम वा क्रियामा सबैलाई खुसी बनाउन सकिंदैन । तर, जुन किसिमले ३६ घण्टाको बीचमा पार्टी एकता भयो यो अभूतपूर्व थियो र नेताहरुले एकताा घोषणामा जनाएका प्रतिबद्धताले आशंका चिरेको छ । अब अर्को धारले पनि यस्तै एकताको पहल गरे मुलुकमा राजनीतिक दलको खेती समाप्त हुनेछ र सुशासन, स्थिरता, समृद्धि र विकासको ढोका खुल्ने अपेक्षा आमजनताको छ ।

जसरी एमाले माओवादीमा र माओवादी एमालेमा विलिन भएर नेपाल कम्युनिष्ट पार्टीको जन्म भयो अब नेपाली कांग्रेसले विचार, सिद्धान्तमा समानता भएका दलहरुलाई समेटेर वृहत प्रजातान्त्रिक पार्टी बनाउन पहल आजै गर्नुपर्छ । कांग्रेस नेताहरुले अब एकले अर्कोलाई ताछेर आफू नेता बन्ने हैन कि मुलुकको आवश्यकतालाई मध्यनजर गर्दै पार्टी विस्तार गर्नेतिर लाग्नु उपयुक्त हुनेछ ।

लोकतन्त्र- सपना बेच्ने, सपनामै रमाउने र भ्रम छर्ने ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पदयात्री

फेसबुक

पदयात्री

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!