कांग्रेसले गर्यो संसद बैठक अवरुद्ध, संसद भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

16 July, 2018 19:15 | राजनीति | comments | 16500 Views

सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको छ ।

सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेपछि लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिएपछि उहाँले सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोध गर्नुभयो ।

adsads

जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै उहाँले वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

त्यसलगतै कांग्रेस सांसदहरु उठेर विरोध गरे । सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गर्दै डा. केसीको अनसनबारे सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

उता ससद अवन अगाडि संसद भवन अगाडि धर्ना दिने कृष्ण पहाडीसहितका अधिकारकर्मीहरु पक्राउ परेका छन् । सरकारले स्वतन्त्रता विरोध र स्वेच्छाचारी निर्णय तथा गतिविधि गरेको भन्दै मानवअधिकार तथा शान्ति समाजले संसद भवनको ३ नम्बर गेट अगाडि धर्ना दिएको थियो । धर्नामा बसेका २० भन्दा धेरै अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गिता तिमल्सिना, बाबुहरी आचार्य, काठमाडौं शाखा सभापति रामकृष्ण बराललगायतलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ ।

धर्नामा सहभागीले सत्याग्रहीको जीवन रक्षा गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी निर्णय गरेको भन्दै त्यसको विरोधमा मानव अधिकार तथा शान्ति समाजले यसअघि प्रधानमन्त्री कार्यालय सिंहदरबार, प्रधानमन्त्री निवास वालुवाटार अगाडि पनि प्रदर्शन गरिसकेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More