कांग्रेस जिल्ला सभापतिहरुको घोषणा ‘सरकार सर्वसत्तावादतिर उन्मुख’ (घोषणापत्रको पूर्ण पाठसहित)

22 June, 2018 16:33 | राजनीति | comments | 17400 Views

हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला सम्पन्न भएको छ । शुक्रबार २१ बुँदे घोषणापत्र जारी गर्दै भेला सकिएको हो ।

adsads

घोषणापत्रमा सरकारले जनविरोधी चरित्र देखाएको, सर्वसत्तावाद उन्मुख भएको निष्कर्षसहित त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिइएको छ ।

घोषणापत्रमा नेपाली कांग्रेसले तय गरेको वृद्धत्तत्ता पाउनेको उमेर ६५ गर्ने, भूकम्प पीडितलाई थप एक लाख अनुदान दिने, गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता दिने निर्णय उल्ट्याएर वर्तमान सरकारले जनबिरोधी काम गरेको निष्कर्ष निकालिएको छ ।

त्यस्तै सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएर वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट भएको घोषणापत्रमा उल्लेख छ ।

त्यसै गरी जिल्ला सभापतिहरुको भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

त्यसो त भेलामा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको थियो । यसैको जवाफ दिन भेलालाई अन्तिममा सम्बोधन गर्दै सभापति देउवाले गएको निर्वाचनमा टिकट वितरणका क्रममा केही त्रुटी भएको स्वीकार गर्दै आगामी निर्वाचनहरुमा त्यस प्रकारको त्रुटीलाई नदोहोर्‍याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै पार्टीका विरष्ठ नेता रामचन्द्र पौडेले सम्बोधन गर्दै आफूले पार्टी भित्र छुट्टै गुट नचलाएको बताउँदै पार्टीलाई एक बनाएर अगाडि बढाउनका लागि मेची-महाकाली अभियान सुरु गर्ने बताउनुभएको थियो ।

घोषणापत्रको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस्

 

सभापति देउवालाई ज्ञानेन्द्रको जस्तै अवसान हुनुपर्ने चेतावनी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More