कांग्रेस नेताद्धय धनराज गुरुङ र प्रदीप पौडेल जापान आउँदै

13 September, 2017 23:41 | जापान | comments | 15300 Views


नेपाली जनसम्पर्क समिति जापानको कार्यक्रममा सहभागि हुन नेपाली कांग्रेसका नेताद्धय धनराज गुरुङ र प्रदीप पौडेल यसै साता जापान आउँने हुनु भएको छ ।
साताव्यापी कार्यक्रममा सहभागिताका लागि जापान आउन लागेका कांग्रेस केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङ सहित केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष प्रदीप पौडेलले टोकियो सहित जापानका मुख्य शहरहरुमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन्। नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेलका अनुसार नेताद्धयले जापानमा नेपाली कांग्रेसका कार्यकर्ता तथा सुभेच्छुकहरुसँग प्रशिक्षण तथा विशेष अन्तरक्रिया गर्नुहुने छ ।
शनिवार जापान आईपुग्ने नेताद्धयले आईतबार एक बजेबाट टोकियो नेजु हलमा कार्यकर्ता भेटघाट सहित साँझ राष्ट्रिय एकता तथा आर्थिक समृद्धिमा प्रवासको भूमिका विषयमा खुल्ला अन्तरक्रिया कार्यक्रममा सहभागिता सहित विशेष सम्वोधन गर्नुहुने छ । यस्तै सोमबार नागोया तथा ओशाकामा कार्यक्रममा सहभागिता जनाउने हुने भएको छ ।
यसैगरि मंगलबार हिरोसिमा र फुकुओकामा कार्यक्रम सकेर शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको नेपाली जनसम्पर्क समितिका प्रवक्ता सुरेश गिरीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

पार्टीको राय सुझाव पर्खदै नेपाली जनसम्पर्क समिति जापान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More