कांग्रेस र नयाँशक्तिमाथि खनिएः अध्यक्ष ओली

17 October, 2017 20:57 | राजनीति | comments | 8100 Views

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रतिक्रियावादीहरुलाई धोबीपाठ पढाउने बताएका छन् । युवा संघद्वारा एमाले मुख्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले संसद समाप्त भएपछि एमाले पहिलो पार्टी बनेको दाबी पनि गरेका छन् ।

अहिले नेपालका प्रतिक्रियावादीहरु एक हौँ भनेर नारा लगाउन थालेका छन् । ओलीले भने, एक भइहाले हुन्छ, कति एक–एकसँग किचकिच गरिरहने ! एमालेले तिनीहरुलाइ चुनावमा धोबीपाठ पढाउने उनले दावी गरे ।

संसद हुँदासम्म एमाले दोस्रो पार्टी थियो । अब तुलनै गर्न नसक्ने गरी पहिलो पार्टी भएको उनको भनाई छ । स्थानीय तहमा एमालेका तर्फबाट १४ हजार कार्यकर्ता निर्वाचित भएर काम गरिरहेका छन् । काङ्ग्रेसका ११ हजार मात्र छन् । काङ्ग्रेसको भन्दा १ लाख बढी मत एमालेले ल्याएको छ ।

ओलीले एमाले मधेसमासमेत दोस्रो भएको बताए । अब एमाले मधेसविरोधी हो भन्ने भ्रम तोडियो । मधेसको परिणामलाई लिएर एमाले सन्तुष्ट छैन तर हाम्रो के के न सर्वनाश भएको होइन, हामी मधेसमा दोस्रो भएका हौं ।

वाम गठबन्धनमा सामेल भएर पुनः बाहिरिएका नयाँ शक्तिका नेता बाबुराम भट्टराईप्रति इंगित गर्दै ओलीले कांग्रेस र एमालेमा फरक देख्न नसकेकोले नयाँशक्तिसँग एकता हुन नसकेको बताए ।

‘दुई चार जना मान्छे ल्याएपछि बराबर भइयो भन्ने लाग्यो नयाँ शक्तिका साथीहरुलाई ओलीले भने । ‘उहाँहरु यता पनि वार्ता उता पनि वार्ता गर्न लाग्नुभयो । काङ्ग्रेससँग पनि वार्ता र एमालेसँग पनि वार्ता । दुईवटा पार्टीमा भेद देख्न सक्नुहुन्न भने कसरी एकता हुन सक्छ ? उनले प्रश्न गरे ।

यो पनि पढ्नुहोस्

सर्वोच्चको फैसलाले भरतपुरका जनताको अपमान भयोः नेकपा एमाले

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More