“कांग्रेस र लोकतान्त्रिक गठबन्धन राजतन्त्र फर्काउन खोज्दैछ” : अधिकारी

5 November, 2017 09:44 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 126150 Views

नेकपा एमालेका युवा तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रवीन्द्र अधिकारीले नेपाली कांग्रेस र उसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धन राजनीतिक उपलब्धीबाट पछि हट्न खोजेको आरोप लगाउनुभएको छ ।

कास्की क्षेत्र नम्बर २ को वाम गठबन्धनको शनिबार पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै अधिकारीले पूँजीवादी मान्ने कांग्रेस र उसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले गणतन्त्र संस्थागत गर्न हैन राजतन्त्र ब्यूँताउन खोजेको भन्दै समाजवाद भन्ने वित्तिकै कांग्रेस आत्तिएको टिप्पणी गर्नुभएको हो ।

अधिकारीको सुझाव थियो, समाजवादी लोकतन्त्र र पुँजीवादी प्रजातन्त्रबीच स्वच्छ प्रतिष्पर्धा गर्नुपर्ने भन्दै त्यसबाट नआत्तिन कांग्रेसलाई आग्रह गर्दै लोकतन्त्रसहितको समाजवाद बनाउन चाहेकाले जनतामा भ्रम नपारिदिन कांग्रेसलाई आग्रह समेत गर्नुभयो ।

विगतमा कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा सरकारमा गएपछि कम्युनिष्टले समृद्ध नेपाल बनाउने नीति, योजना र काम गर्न खोज्दा कांग्रेसले भाँजो हाल्ने र सरकार गिराइहाल्ने गरेकाले स्थिरता ल्याउँदै समृद्धि र समाजवादमा पुग्न बाम गठबन्धन गरिएको उल्लेख गर्नुभयो ।

त्यस क्रममा अधिकारीले बाम गठबन्धन हुँदै कम्युनिष्ट केन्द्र बनाएर जनताको मतबाट दशकौंसम्म सरकारमा रहने, समृद्धि ल्याउने र समाजवादमा पुग्ने उदघोष गर्नुभयो ।

उहाँले नेपालमा बाम गठबन्धन बनेपछि संसारका सबै बुर्जुवाहरु आश्चर्यचकित भएको र अब समाजवाद हुँदै देश समृद्ध बन्दा छक्क पर्ने पनि बताउनुभयो ।

अधिकारीले कांग्रेसले शिक्षामा ब्यापारीकरण गरिरहेको तर दोष भने अरुलाई लगाउने गरेको बताउँदै कांग्रेसले शिक्षालाई ब्यापारीकरण गरिरहेको छ, तर चिकित्सा क्षेत्रको शैक्षिक माफिया बिरुद्ध डा गोविन्द केसीले आवाज उठाउँदा कांग्रेसले झण्डा उठाउँछ, यो हास्यास्पद लाग्छ ।

कार्यक्रममा कास्की–२ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार तथालनेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा कास्की इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले कांग्रेसले भनेजस्तो जनतालाई रुवाउन नभई गरिबी हटाउन, विकास र समद्धि ल्याएर जनतालाई खुशी र सुखी पार्न समाजवाद ल्याउन लागेको बताउनुभयो ।

कास्की–२ को प्रदेश नम्बर १ का उम्मेद्वार कृष्ण थापाले दाजुभाई मिलेर पाण्डवले कौरवलाई हराएजस्तै बाम गठबन्धनले कांग्रेसलाई हराउने उद्घोष गरे । उनले बाम एकताको पक्षमा जनता उत्साही भएर उर्लिएको बताउँदै अब त्यसलाई भोटमा रुपान्तरण गर्न मात्र बाँकी रहेको बताउनुभयो ।

सभामा नेकपा एमालेका निर्वाचन कमिटीका केन्द्रीय अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ले कास्कीका ९ वटै क्षेत्र बाम गठबन्धनले जित्ने दाबी गर्दै कम्युनिष्ट फुटाएर शासन गर्न कांग्रेस पल्केको बताउँदै उनले अब कांग्रेसले फुटको राजनीति गर्न नपाउने गरी बाम एकता भएको बताउनुभयो ।

धुर्मुस सुन्तलीलाई रवीन्द्र अधिकारीको साथ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!