काएरो र मस्कोबीच आणविक भट्टी निर्माण गर्ने सम्झौता

12 December, 2017 15:02 | विश्व समाचार | comments | 72000 Views

इजिप्टमा पहिलो आणविक भट्टी निर्माण गर्ने बिषयमा रसिया र इजिप्टबीच सोमबार औपचारिक सम्झौता भएको छ ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको काएरो भ्रमणमा भएको सम्भौता अनुसार भूमध्यसागरीय सामुद्रिक तटमा रहेको इजिप्टको दाबा क्षेत्रमा आणविक भट्टीको निर्माण गर्ने सहमति भएको हो ।

सम्झौता रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र इजिप्टका राष्ट्रपति अव्देल फताह अल–सिसीको उपस्थितिमा भएको इजिप्टको राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक गरिएको थियो ।

सन् २०१५ को फेब्रुअरीमा चार ‘रिएक्टर’को आणविक भट्टी केन्द्र स्थापनाका लागि प्रारम्भिक सम्झौता भएको थियो । सम्भौता अनुसार सन् २०२२ सम्म उक्त आणविक भट्टीको निर्माण पूरा गरिने छ ।

आसो पर्वतमा ज्वालामुखी विस्फोट, आणविक भट्टीमा क्षति पुग्ने आशंका

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More