‘कागजपत्र’को फस्ट लुक

4 December, 2017 19:59 | कला/मनोरन्जन , कलिउड | comments | 31500 Views

छायांकन भइरहेको फिल्म ‘कागजपत्र’मा अभिनय गरेका कलाकारहरुको फस्ट लुक सार्वजनिक भएको छ ।

फिल्म निर्माण यूनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्वजनिक गरेको हो । ‘कागजपत्र’को हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ । सामजिक प्रेमकथामा बनिरहेको फिल्मलाई अपिल विष्टले निर्देशन गरिरहेका छन् ।

फिल्ममा नाजीर हुसैन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको कथा पनि अपिल विष्ट आफैले लेखेका हुन् । ‘कागजपत्र’का छायाँकार अस्ट्रेलियन सिनेम्याट्रोग्राफर क्यश्मिर डिक्सन हुन् ।
वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लिको प्रस्तुति रहेको ‘कागजपत्र’लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, सुदिप उप्रेती र मनिष खत्रीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्माताको रुपमा विशारद बस्नेत रहेका छन् ।

फिल्म ‘कागजपत्र’मा नाजिर र शिल्पाको जोडी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More