काठमाडौंलाई धुवाँ धुलोमुक्त गर्न सर्वोच्चको परमादेश

14 January, 2018 21:18 | जन सरोकार | comments | 77400 Views

राजधानी काठमाडौं उपत्यकामा सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका कारण धुवाँ र धुलोले अत्यधिक प्रदूषण बढेको र जनताको स्वास्थ्यमा प्रतिकूल असर परेका बेला सर्वोच्च अदालतले धुवाँ धुलो नियन्त्रण गर्न परमादेश जारी गरेको छ ।

आइतबार न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शम्शेर जबराको संयुक्त इजालासले धुवाँधुलो प्रदुषण नियन्त्रणका सम्बन्धमा परमादेश जारी गरेको हो ।

यस मुद्दामा २०७३ माघ १७ गते, डा. आनन्दमोहन भट्टराईको एकल इजलासले निवेदकको माग बमोजिम काम गर्न विपक्षीका नाममा अन्तरिम आदेश र मुद्दालाई अग्राधिकार दिएको थियो।

नागरिकको स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने अधिकारलाई तत्कालै संरक्षण गर्न, निर्माण भइरहेका आयोजनालाई अनुगमन गर्न र निर्माण कार्यका कारण हावामा धुलो मिसिने कार्य रोकेर उचित वातावरण तयार गर्न निवेदकले माग गर्नुभएको थियो ।

२०७३ साल माघमा वातावरणीय विकास तथा संरक्षण कानून मञ्चको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले दर्ता गरेको मुद्दाको फैसला गर्दै इजलासले धुवाँधुलो परमादेश जारी गरेको हो ।

निवेदक श्रेष्ठले काठमाडौं उपत्यकाभित्र कुनै पनि निर्माण कार्य गर्दा धुलोधुवाँ नियन्त्रण गरेर मात्र आयोजना सञ्चाल नगर्न(गराउन, विभिन्न किसिमको निर्माण कार्यबाट उत्सर्जन भएको माटो, फोहरमैला, कार्यस्थलमावा बाटो तथा सडकमा छोडेको कारणले अवरोध पुग्नुको साथै वातावरणमासमेत प्रदुषण हुने भएकोले तत्कालै फोहर मैला हटाई सडक सदैव सफा राख्नु भन्ने विपक्षीको नाममा परमादेश जारी माग गर्नुभएको थियो ।

त्यस्तै सवारी साधनले बाटो प्रयोग गर्ने क्रममा बाटोमा जम्मा भएको फोहरमैला सवारी साधनबाट निस्कने प्रदुषित धुवाँमा मिसिने भएकोले स्वच्छ वातारण कायम नभई दुषित हुन गएकाले नेपाल सरकारले राजपत्रजारी गरेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ र नेपाल सवारी प्रदुषण मापदण्ड, २०६९, अनुसार वातावरण संरक्षणको कार्य गर्नु गराउन विपक्षीको नाममा परमादेश जारी गर्न माग गरिएको थियो ।

अधिवक्ता श्रेष्ठले निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहितका छवटा मन्त्रालय, काठमाडौं र ललितपुर महानगरपालिकासँगै १८ वटा निकायलाई विपक्षी बनाउनुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More