काठमाण्डौँमा प्रकोप पश्चात मनोसामाजिक हेरचाहका लागि जापानले सहयोग गर्ने

22 February, 2018 16:04 | जापान | comments | 86850 Views


समुदायमा आधारित प्रकोप जोखिम व्यवस्थापन र नेपालमा प्रकोप पश्चात सामाजिक रुपमा कमजोर मानिसहरुका लागि मनोसामाजिक हेरचाह सुधार परियोजनामा नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् ।

उक्त परियोजनामा जापानी दुतावास र जापान इस्राएड सपोर्ट प्रोग्रामकी प्रतिनिधि निर्देशक मायुमी योसिदाले हस्ताक्षर गरेका थिए ।

adsads
उक्त परियोजनाको लगानी आर्थिक वर्ष २०१७ का लािग जापानी गैर सरकारी संस्थाको कार्यतालिका अनुसार गरिएको छ । यस परियोजनाको कुल अनुदान अमेरिकी डलर २ लाख ६७ हजार ७ सय ४५ अर्थात नेपाली रुपैया २ करोड ७० लाख रहेको छ । उक्त परियोजना जापानी गैर सरकारी संस्था जेआइएसपी र नेपाली गैर सरकारी संस्था ट्रान्स कल्चरल साइकोसोसल अर्गनाइजेसनको सहकार्यमा लागु हुनेछ ।

समुदायमा आधारित प्रकोप जोखिम व्यवस्थापनलाइ बृहत रुपमा सुधार गर्ने लक्ष्य राखेको यस परियोजनाले निम्न तीन चरणमा परियोजनालाइ लागु गर्नेछ ।

१. सामाजिक रुपमा कमजोरहरुका लागि प्रकोप जोखिम व्यवस्थापन र मनोसामाजिक हेरचाह तालिम
२. नागरिकहरुका लागि सुरक्षित स्थानतर्फ भाग्नका लागि प्रकोप बचाव प्रणालीमा सुधार
३. तालिमका सहभागीहरुवीच एक संजालको निर्माण

नुवाकोटका भूकम्प प्रभावित विद्यालयको स्तर सुदृढ गर्नका लागि जापानले सहयोग गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More