काभ्रेको सेवा समाज समूहलाई ८८ लाख ७९

16 March, 2017 21:46 | जापान

japan-assistant

जापान सरकारले काभ्रेपलान्चोक जिल्लामा रहेको सेवा समाज समूहलाई ८८ लाख ७९ हजार रुपैयाँ सहयोग गरेको छ । यस समूहमा मानसिक सन्तुलन ठीक नभएका र अशक्त बच्चाहरुको लागि हेरविचार गर्ने गरिन्छ ।

जापान सरकारले उक्त समाजको लागि घर बनाउनका यो सहयोग त्यहाँको आर्थिक वर्ष २०१६ मा बजेट विनियोजन गरेको थियो ।

त्यस परियोजना अन्तर्गत बिहिबार अर्थात् मार्च १६ मा जापानी दुतावासमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । हस्ताक्षर नेपालका लागि जापानका कार्यवाहक राजदूत शिन्या माचीदा र समाज सेवाका अध्यक्ष डा भरत बिष्टले गर्नुभएको हो ।

नेपालको राष्ट्रिय जनगणना अनुसार नेपालको कूल जनसंख्यामध्ये नेपालमा दुई प्रतिशत मानिसहरु अशक्त छन् । अशक्त र मानसिक सन्तुलन ठीक नभएका लागि भनेर सन् २००६ मा काभ्रेपलान्चोकको खरेलथोकमा एक पुनर्वास केन्द्र खोलिएको थियो, तर यो केन्द्र निकै सानो भएकाले जापान सरकारले यो सहयोग गरेको हो ।

यस परियोजनापछि भवन सुविधासम्पन्न बन्ने र मानसिक र सन्तुलन ठिक नभएका बच्चाहरुलाई हेरविचार गर्नका लागि राम्रो व्यवस्था हुनेछ ।

जापानी दुतावासले यस परियोजनाबाट त्यहाँ रहेको अशक्त बच्चाहरुलाई सहयोग मिल्ने आशा गरेको छ ।

– आदर्श देवकोटा

ads
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More