काभ्रेली फुटवल टिमले जित्यो सातौ फेडेरेशन रनिङ कप उपाधी (फाेटाे)

21 November, 2017 12:54 | खेल | comments | 115200 Views

टोकियोमा आईतबार सम्पन्न सातौ फेडेरेशन कप फुटसलको उपाधी काभ्रेली फुटवल क्लवले हात पारेको छ। उसले कालभैरव क्लवलाई दुई सुन्य गोलको अन्तरमा हराउदै नगद पाँचलाख पचास हजार येन सहित रनिङ शिल्ड हात पार्यो।

adsads

रोमान्चक फाईनलमा उप विजेता बनेको कालभैरवले पनि दुईलाख पचास हजार येन पायो। यस्तै राईजिङ नेपाल क्लवले भने तेश्रो हुदै नगद एकलाख हात पार्यो। उसले तामाङ युथ क्लवसंग खेल बराबरी पछि भएकाे ट्रार्इव्रेकरमा हराएर नगद पुरस्कारको दावेदारी बनायो।

यसैगरि प्रतियोगितामा मस्टभेलुएवल प्लेयर सागर चौधरी काभ्रेली क्लव, उच्च गोलकर्तामा अमन राई कालभैरव क्लव, उत्कृष्ट गोलरक्षकमा विशाल गैरे तामाङ युथ क्लव र कालभैरव क्लव कै उत्कृष्ट रक्षकमा अर्जुन गुरुङले व्यक्तिगत उपाधी जिते। उनीहरुले नगद पुरस्कार तथा शिल र प्रमाणपत्र पाएका थिए।

फुटवल फर फ्रेण्डशिप एण्ड युनिटि भन्ने मुल नाराका साथ टोकियो निशी हाचिओजीको फुजीमोतो पार्कको खेल मैदानमा भएको प्रतियोगिता कुल २४ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता आयोजक नेपाल जापान युथ क्लवका अध्यक्ष लेलिन भट्टचनले संस्थाले नियमित आयोजना गर्दै आएको प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगकर्ता र सहकर्मीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हराउँदै मौलिक नेपाली गीत

फेसबुक

हराउँदै मौलिक नेपाली गीत

ट्वीटर

सामाजिक सञ्जाल

More