Friday 26, May 2017
नेपाली समय: 10:29:55
जापानी समय: 01:44:55

कामदारको कमीले भाडामा रोबोट राख्दै जापानीहरु

19 May, 2017

जापानमा कामदारको कमी हुँदै गएको भन्दै त्यहाँका कतिपय कम्पनीहरुमा काम गर्नको लागि रोबोट भाडामा ल्याउन थालिएको छ । जापानमा रोबोटलाई काममा लगाउनु नयाँ कुरा नभए पनि कामदारको कमी भन्दै रोबोटलाई काम लगाउनु भन्ने नयाँ कुरा भएको छ ।

यसरी रोबोर्टलाई काममाा लगाउने अधिकांश कम्पनीहरु अर्थव्यवस्था र होटल कक्ष सेवाको क्षेत्रमा संलग्न छन् । एक सर्वेक्षण अनुसार ती कम्पनीहरुको योजना अनुसार रोबोर्टलाई काममा लगाएपछि चालु आर्थिक वर्षमा आफ्नो कारोबार १ बिलियन पुग्नुपर्ने बताइएको छ । सर्वेक्षण अनुसार यसमा १७.५ प्रतिशत वृद्धि हुनेछ र त्यो एकनयाँ रेकर्ड हुने छ ।

त्यसो त ती कम्पनीहरुको यस योजनामा कति खर्च गर्ने भन्ने तय भएको छैन तर रोबोट बनाउने र त्यसको वितरण गर्ने कम्पनीले भने त्यसको लागि आदेश आइसकेको बताएका छन् ।

जापानमा सन् १९९५ मा सबैभन्दा अधिक काम गर्ने मान्छे थिए । त्यति बेला काम गर्ने मान्छेको संख्या ८७ मिलियन पुगेको थियो तर त्यस पछिको समयमा संख्या लगातार घट्दै गैरहेको छ ।

सरकारले भने यहि तरिकाले काम गर्ने को संख्या घट्दै गयो भने जापानमा जापान ४५ मिलियन भन्दा कम कामदारहरू भने काम गरिराख्ने हुनेछन  ।अादर्श देवकाेटा 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo