“काम गर्नेका लागि गोकर्णेश्वर नगरमा स्रोतको कमी छैन” मेयरका प्रत्यासी सन्तोष चालिसे

7 May, 2017 14:20 | अन्तरवार्ता , स्थानीय तह निर्वाचन | comments | 11850 Views

भर्खरै मात्र नगरपालिका घोषणा भएको गोकर्णेश्वर नगरपालिका अथाह स्रोत र सम्भावना भएको नगर हो ।

पवित्र वाग्मती नदीको किनारमा रहेको गोकर्णेश्वर महादेव, उत्तरवाहिनी, सुन्दरीजल अनि पर्यापर्यटनका लागि ख्याति आर्जन गर्दैगरेको तारेभिर, वाग्द्वार जस्ता धार्मिक र प्राकृतिक स्रोतले सम्पन्न यो नगरपालिकाको विकासका लागि यही स्रोतको उपयोग नै काफी हुन्छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा यो नगरका प्रत्यासीहरुको मूल एजेण्डा पनि यिनै विषयहरुका छन् ।

राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण क्षेत्र मानिने काठमाडौं निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने गोकर्णेश्वर नगरपालिकाका मेयरका उम्मेदवारहरुमा एक नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति तथा मेयर दावेदार सन्तोष चालिसे पनि आफ्नो चुनाव प्रचारमा उपरोक्त विषयहरुलाई प्राथमिकताका साथ लिएर अघि बढेको बताउनुभएको छ ।

शान्ति सुरक्षा, वातावरणीय सरसफाई, रोजगारी तथा आयआर्जनका विविध पक्ष उहाँका एजेण्डा रहेका छन् । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय चालिसे यो क्षेत्रको सम्भावना र समस्याका जानकार समेत हुनहुन्छ ।

स्थानीय निकाय विशेष प्रस्तुतिका क्रममा चुनाव प्रचारमा रहँदाकै बखत मेयरका प्रत्यासी चालिसेसंग गरिएको छोटो कराकानीकोा भिडियो यहाँहरु समक्ष-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More