कार्यबाहक राजदुत र समाजसेवीलाई सम्मान

8 January, 2017 11:11 | प्रबास | comments | 17250 Views

goodसाउदी अरब, ६ जनवरीरवैदेशिक रोजगारका क्रममा पीडित भएकाहरुलाई निःशुल्क कानुनी सहयोग र परमार्श दिन ने्पाली साझा मंचले “साथी अभियान” संचालनमा ल्याएको घोषणा गर्दै साउदी अरबमा रहेका पाँच दर्जनबढी समाजसेवी र संघसंस्थाहरुलाई सम्मान गरेको छ ।

मंचको प्रथम वार्षिकोत्वसवको अवसरमा साउदी अरबको जुबैलमा आयोजित एक कार्यक्रममा सो घोषणा र सम्मान कार्यक्रम गरिएको हो ।

संस्थाका संरक्षक तथा अन्तर्राष्ट्रिय अभियंता महेश श्रेष्ठले साथी अभियान मार्फत पीडित र तीनका परिवारहरुलाई न्याय र राहत दिलाउन आवश्यक कानुनी सहयोग र परामर्श दिने जानकारी दिदै सो अभियान संचालनका लागि सरस्वती भट्टको संयोजकत्वमा विज्ञ कानुन व्यवसायी र समाजसेवीहरु सम्मिलित समिति गठन गरिएको बताए ।

काठमाडौको तीनकुने स्थित मंचकोे केन्द्रिय कार्यालयबाट साथी अभियानको सेवा प्रारम्भ गरिएको छ । यस अभियान अन्तर्गत निमुखा असहाय नेपालीहरुलाई पनि सेवा दिईने उद्देश्य रहेको छ ।

संस्थाकी सचिव सरस्वती भट्टको संयोजकत्वमा रहेको सो साथी अभियानमा जगनाथ घिमिरे, संजय प्रसाई, शेषरमान तामांग, अम्बिकादेवी भट्टराई र चन्द्रकला घिमिरे सदस्य रहेका छन् ।

वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका नेपालीहरुले एक वर्ष अघि जनवरी ५ मा सामाजिक संजाल फेसबुक मार्फत स्थापना गरेको यस संस्थाले प्रथम वार्षिकोत्सवको अवसरमा साउदी अरबका विभिन्न स्थानमा कार्यरत संघसंस्था, समाजसेवी र नेपाली कुटनैतिक नियोगका कर्मचारीहरुलाई समेत सम्मान ग¥यो ।

मंचले सम्मान गरेको समाजिक संस्थाहरुमा गैर आवासीय नेपाली संघ साउदी अरब, मैथली एकता समाज, जिफन्ट, दलित एकता संजाल, आदिवासी जनजाति महासंघ, नेपाली जनप्रगतिशिल मंच, फ्रेण्डस् अफ नेपाल, स्याङ्जा सहयोग समाज, नेपाली एकता समाज त्यसैगरी समाजसेवीहरुमा जोहन अर्याल, जेन लामा, राजु सैयद, विदुर कोईराला, धरम केसी, पुरुषोत्तम दास श्रेष्ठ लगायतलाई सम्मान गरिएको छ ।

कार्यक्रममा कार्यबाहक राजदुत आनन्द शर्मा, श्रमसहचारी अम्बिकाप्रसाद अधिकारी लगायतलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा संघसंस्थाका प्रतिनिधि एवं समाजसेवीहरुले शुभकामना दिदै मंचसंग हातेमालो गर्न “देशका लागि केहि त गरौ ” भन्ने अभियानमा सहभागि हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कतारमा तमू च्ह्य ल्होसार भब्यताका साथ सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More