कास्कीमा समानुपातिकमा एमाले पहिलो दल

13 December, 2017 13:53 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 24000 Views

कास्कीमा समानुपातिकको सबै मतगणना सकिँदा प्रतिनिधिसभातर्फ कास्कीमा एमालेले सबैभन्दा बढी ८२ हजार ६ सय ४८ मत ल्याएको छ। कांग्रेसले एमालेपछिको धेरै मत हासिल गरेको छ । निर्वाचन कार्यालयका अनुसार कांग्रेसले ६० हजार ७ सय ८९ मत बटुलेको छ ।

नेकपा माओवादी केन्द्र १३ हजार ८ सय ८१ मत ल्याउँदै तेस्रो भएको छ भने ७ हजार ३ सय २७ मत बटुलेर विवेकशील साझा पार्टी चौथो ठूलो दल बन्न सफल भएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार, राप्रपाले ३ हजार ३ सय ३, नयाँ शक्तिले १ हजार ७ सय ९ र संघीय समाजवादी पार्टी १ हजार ३ सय ८७ मत हासिल गरेका छन् ।

प्रदेशसभातर्फ ७७ हजार ४ सय ८७ मत ल्याउँदै एमाले पहिलो भएको छ भने कांग्रेसले एमालेपछिको ५८ हजार १ सय ७२ भोट ल्याएको छ । नेकपा माओवादी केन्द्र १४ हजार ६ सय ३८ मत ल्याउँदै तस्रो र विवेकशील साझा पार्टीले ५ हजार ६ सय २४ मत ल्याएको छ ।

प्रतिनिधिसभाका १६४ र प्रदेशसभाका ३२९ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जाजरकोटमा खाद्यान्न अभाव

फेसबुक

जाजरकोटमा खाद्यान्न अभाव

ट्वीटर

सामाजिक सञ्जाल

More