किमजोन उनको हत्‍या गर्ने अमेरिकी योजना विफल

12 October, 2017 13:34 | विश्व समाचार | comments | 5400 Views

किमजोन उन

उत्तर कोरियाली ह्‍याकरले नेता किमजोङ उनलाई मार्ने अमेरिकी र दक्षिण कोरियाको योजनालाई विफल बनाइदिएका छन्। उनलाई मार्ने दक्षिण कोरिया र अमरिकाको गोप्य प्लानलाई ह्‍याकरले कम्‍प्युटरबाट चोरी गरेर विफल बनाइदिएको समाचार बीबीसीले उल्‍लेख गरेको छ।

दक्षिण कोरियाका एक सांसद री शियोलका अनुसार ऊनलाई मार्ने चोरी भएको योजना दक्षिणको रक्षा मन्त्रालयको हो। जसमा उत्तर कोरिया र अमेरिकाको साझा युद्ध नीति रहेको छ।

यसका साथै चोरी गरिएको उक्त दस्तावेजमा अमेरिकी तथा दक्षिण कोरियाको सैन्‍य कमाण्डरसँग जोडिएको गोप्य जानकारी समेत रहेको बीबीसीले जनाएको छ। त्‍यतिमात्रै नभएर अहिलेसम्‍म दक्षिण कोरियाले अमेरिकासँग गरेको सैन्‍य युद्ध अभ्‍यास र उसको आगामी नीति समेत दस्तावेजमा उल्लेख छ।

चोरिएको उक्त डाटा २३५ जीबी रहेको छ। जसमा दक्षिण कोरियाको विशेष सैन्‍य दस्तावेज, पावर प्लान्ट तथा वृहत सैन्‍यको ठेगानाको बारेमा जानकारी दिइएको सासंद रीले दाबी गरेका छन्। यस्तै सैन्‍य डिफेन्स इन्टिग्रेटेडबाट चोरिउको उक्त डाटामा ८० प्रतिशत जानकारीको पहिचान हुन नसकेको बीबीसीले जनाएको छ।

अन्नपूर्ण पोस्ट

उत्तर कोरियाले दक्षिणका महत्वपूर्ण दस्ताबेज चारेको आरोप

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More