किम जोङ उनसंग आबेको वार्ताका लागि सम्भाव्यताको खोजीमा जापान

14 March, 2018 14:46 | जापान | comments | 73800 Views


उत्तर कोरियासंग व्यवहारको नयाँ तरिका अपनाउने सोचमा रहेको जापानले आबे र उत्तर कोरियाली नेता किम जोङ उनसंग वार्ताका लागि सम्भाव्यताको अध्ययन गर्ने जापान सरकारको योजना रहेको सरकारी स्रोतले मंगलबार बताएका छन् ।

उत्तर कोरियासंग गत साता भएको सकाकरात्मक वार्ता पछि दक्षिण कोरियाली प्रतिनिधि सु हुनले आबे र अन्य अधिकारीहरुलाई दिएको सुझाव पछि जापान सरकारको उक्त निर्णय आएको हो ।

adsads
लामो समयदेखि उत्तरसंगको वार्तामा सचेत हुनुपर्ने भन्दै आएको आबेको प्रशासनले १९७० र ८० को दशकमा उत्तरबाट अपहरित जापानी नागरिकको विषयमा समस्या सुधारको नयाँ ढंगले सुरुवात गर्ने सोचमा जापान रहेको स्रोतहरुले बताएका छन् । अपहरणको समस्या समाधान गर्नका लागि उत्तर कोरियाली नेता उनसंग प्रत्यक्ष वार्ता अपरिहार्य रहेको आबेको कार्यालयको एक स्रोतले बतायो ।

टोकियो प्योङयाङ सम्मेलनको अपेक्षा समेत रहेको सरकारका एक उच्च अधिकारीले बताए । उत्तर कोरिया र अमेरिकाको सम्मेलनमा उत्तरको आणविक तथा क्षेप्यास्त्रबारे छलफल हुनेछ । जापान र उत्तर कोरियाले अपहरणको विषय तथा सम्बन्ध सुधारको बारेमा छलफल गर्न सक्ने उक्त अधिबारीले बताए ।

अपहरित जापानी नागरिकको समस्या समाधान गर्न आबेको माग

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More