किराँतीले कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको निरन्तरता दिने

13 June, 2018 20:03 | राजनीति | comments | 8400 Views

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले पार्टी छोडेको भन्दै सो पार्टीको नेतृत्व सम्हालेको घोषणा गरे ।

किराँतीले नेतृत्वमा गठन भएको माओवादी केन्द्र महाधिवेशन आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी विभिन्न निर्णय गरेको छ ।

adsads

पत्रकार सम्मेलनमा अध्यक्ष गोपाल किरातीले महान जनयुद्वद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता दिन बैठक बसी विभिन्न निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकले राष्ट्रियता, जनवाद र जनजीविकाबारे ११ बुँदे तथा राजनीतिक तथा संगठनका विषयमा अध्यक्ष किराँतीले प्रस्तुत गरेको पाँचबुँदे निर्णय पारित गर्दै महाधिवेशन आयोजक समितिको केन्द्रमा बहुपदीय प्रणालीलाई निरन्तरता दिने घोषणा गरेको छ ।

आयोजक समितिको अध्यक्षमा गोपाल किराँतीलाई चयन गरिएको छ । उपाध्यक्षमा भविश्वर पराजुली र तिलक थापामगर, महासचिवमा कर्णजित बुढाथोकी र सचिवमा राजन तिम्सिना रहनुभएको सो पार्टीले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशन आयोजक समितिमा ७०१ जना, पोलिटब्यूरोमा १७५ जना तथा ४३ जनाको केन्द्रीय सचिवालयको गठन गरिएको छ ।

साथै, पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग तथा विकासमा जोड दिने, वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्तमा आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपयोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

किराँतीले भने: कारवाही गरेकोमा दाहाल एण्ड कम्पनीलाई धन्यवाद

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जेल

फेसबुक

जेल

ट्वीटर

सामाजिक सञ्जाल

More