किराँत याक्थुङ चुम्लुङ अष्ट्रेलियाद्वारा लिम्बू परिवारलाई आर्थिक सहयोग

15 September, 2017 17:28 | प्रबास | comments | 10050 Views

सहयोग

कमजोर आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गुजारा गर्दै आउनुभएका तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङका गंगाबहादुर लिम्बूको परिवारलाई अष्ट्रेलियाबाट सहयोग भएको छ ।

लिम्बूको बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो ।

कलाकार यासेली योङहाङको सक्रियतामा सो संस्थाले चलाएको अभियानमा संकलित रु ५० हजार २३० बिहीबार जिल्ला सदरमुकाम म्याङलुङमा कलाकार योङहाङले लिम्बूका छिमेकी अर्चना खड्का र सीता तुम्खेवालाई पीडितसम्म पुर्याउन प्रदान गरिएको थियो ।

लिम्बूको घर २०७२ सालको भूकम्पले क्षति गरेपछि पुनःनिर्माण गर्न नसक्दा उहाँले खुल्ला आकाशमा रात कटाउँदै आउनुभएको थियो ।

प्रवासबाट मिर्गौला रोगीलाई आर्थिक सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More