कुकुरहरुको फैसला मतदानबाट कुकुरहरुको फैसला मतदानबाट

  • कुकुरहरुको फैसला मतदानबाट
  • कुकुरहरुको फैसला मतदानबाट
  • कुकुरहरुको फैसला मतदानबाट
  • कुकुरहरुको फैसला मतदानबाट
  • कुकुरहरुको फैसला मतदानबाट
  • कुकुरहरुको फैसला मतदानबाट

कुकुरहरुको फैसला मतदानबाट

10 September, 2017 21:24 | बिचित्र | comments | 123600 Views

कुकुरहरुको फैसला मतदानबाट

मानिसले बाहेक अरुले गर्न नसक्ने यस्ता घटनाहरु भइरहेका हुन्छन जुन पत्याउन गाह्रो हुन्छ तर नपत्याइ पनि हुँदैन् । मताधिकार प्रजातन्त्रको मेरुदण्ड हो र यसका लागि विश्वमा लामो संघर्ष भएका छन् र यो मानिसको ठुलो अधिकार हो ।

adsads

तर मताधिकारको प्रयोग कुकुरले पनि प्रयोग गर्छन् भन्दा अलिक अपत्यारिलो लाग्नसक्छ । हो, अफ्रिकाका जंगली कुकुरहरुले सिकारमा जानु अघि मतदान गर्ने गरेको तथ्य फेला परेको छ ।

बेलायती, अष्ट्रेलियाली तथा अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको एक संयुक्त अध्ययनमा यस्तो तथ्य फेला परेको हो । बोत्स्वाना प्रिडेटर कन्जरभेसन ट्रष्टमा लोपोन्मुख प्रजातिका जंगली कुकुरहरुमा गरिएको अनुसन्धानमा कुकुरहरुले ‘हाच्छ्युँ’ गरेर मतदान गर्ने तथ्य पत्ता लागेको हो ।

जंगली कुकुरहरुले शिकारमा जाने समय तय गर्नका लागि हाच्छ्युँ गरेर समर्थन जनाउँछन् । युनिभर्सिटी आफ न्यु साउथ वेल्स अष्ट्रेलिया, ब्राउन युनिभर्सिटी अमेरिका र स्वान्सी युनिभर्सिटीज् कलेज अफ साइन्स बेलायतका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा शिकारमा जानुअघि कुकुरहरुले जम्मा भएर आपसमा अभिवादन गर्ने र उचित समयमा शिकारमा जाने निर्णय गर्ने गरेको देखिएको छ ।

अनुसन्धानकर्ताहरुले यस्ता पाँच अलग समूहका ६८ भेलाको अनुगमन गरेका थिए । जसमा कोरम पुर्याउनका लागि कुकुरहरुले हाँच्छ्यु गर्ने गरेको पाइएको स्वान्सी युनिभर्सिटीका डा. एन्ड्र्यु किङले जानकारी दिए । उनले भने ‘हाँच्छ्यु गर्ने कार्य कोरम पुर्याउनका लागि गरिन्छ र समूहको व्यवहार परिवर्तन गर्नका लागि हाँच्छ्युँको निश्चित संख्या पुग्नैपर्छ,’

सो अध्ययन यही साताको ‘प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बीः बायोलोजिकल साइन्स’ नामक जर्नलमा प्रकाशित छ । ती कुकुरहरुको हाच्छ्युँले निर्णय प्रक्रियालाई प्रभावित गर्ने गरेको अनुसन्धन कर्ताको दावी छ ।

यद्यपि जंगली कुकुरहरुमा पनि सबैको मत बराबर नरहेको अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । उनीहरुले समूहमा प्रभावशाली कुकुरले शिकारमा जाने पहल सुरु गरेर हाच्छ्युँ सुरु गरेका तीन पटकमै समूह हिँड्ने तर कमजोर सदस्यले त्यसको सुरुवात गरेको हो भने समूह हिँड्न १० पटकसम्म हाच्छ्युँ गनुपर्ने देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । जंगली कुकुरहरु अफ्रिकामा मात्र पाइन्छन् र सामान्यतयाः करिब १० ओटाको समूहमा यि कुकुरहरु बस्ने गरेका छन् ।

६ सय कुकुरहरुले गरे सामुहिक आत्महत्याको प्रयास

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कुकुरहरुको फैसला मतदानबाट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More