कुवेतमा अलपत्र नेपालीको तत्काल उद्धार गर्न निर्देशन

7 December, 2017 00:26 | राजनीति | comments | 95850 Views

प्रधानमन्त्री कार्यालयले वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेर अलपत्र परेका तीन सय नेपालीलाई तत्काल उद्धार गर्न र त्यहाँ रहँदा खान-बस्न व्यवस्था मिलाउन त्यहाँस्थित दूतावासलाई निर्देशन दिएको छ ।

कुवेतको खराफी नेसनल कम्पनीले लामो समयदेखि विदेशी श्रमिकहरुलाई तलब तथा अन्य सुविधाहरु नदिएको र कुवेतमा बस्ने परमिट समेतको म्याद थप नगरेपछि ३ सय नेपाली अलपत्र छन् ।

adsads

यस सम्बन्धी समाचार आएपछि प्रधानमन्त्री कार्यालयका सचिवको समन्वयमा बसेको बैठकले परराष्ट्र र श्रम मन्त्रालयाललाई समन्वय गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले परराष्ट्र मन्त्रालयले अलपत्र परेका नागरिकहरुको तत्काल तथ्यांक संकलन गर्ने, के कति संख्या, नाम, पासपोर्ट विवरण, उनीहरुको भिसाको, लाग्ने जरिवाना सबैको विवरण उपलब्ध गराउने बताइएको छ ।

बैठकको निर्णय अनुसार उक्त विवरण वैदेशिक रोजगार विभागलाई बुझाउने र वैदेशिक रोजगार विभागले प्राप्त तथ्यांकका आधारमा नोटिसमा आएका अलपत्र नागरिकको नियमानुसार सम्बन्धित म्यानपावर कम्पनीहरूसँग समन्वय गरी उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

ती श्रमिक पठाउने नेपाली कम्पनीहरु एसओएस, गल्फ, लोटस पास र अलकरिम रहेको जानकारी परराष्ट्र मन्त्रालयले गराएको पनि प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

कुवेतमा सयौ नेपाली अलपत्र

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हराउँदै मौलिक नेपाली गीत

फेसबुक

हराउँदै मौलिक नेपाली गीत

ट्वीटर

सामाजिक सञ्जाल

More