कुवेतमा मृत्यु भएका नेपालीले पाए पाँच करोड क्षतिपूर्ति

15 February, 2017 18:30 | प्रबास | comments | 2 Views

kuwait-city

वैदेशिक रोजगारीका लागि कुवेत पुगेर मृत्यु भएका नेपालीहरुले कुवेतस्थित नेपाली दुताबासको पहलमा ५ करोड ५ लाख ४९ हजार रुपैयाँ (एक लाख ४४ हजार कुवेती दिनार) उपलब्ध गराएको छ ।

यो क्षतिपूर्ति रकम कुवेतमा मृत्यु भएका २८ जनालाई उपलब्ध गराइएको हो । यसरी क्षतिपूर्ति पाउनेमा एक दशक अघि मृत्यु भएका कामदार समेत रहेका छन् ।

कुवेतका लागि नेपाली राजदुत यज्ञवहादुर हमालका अनुसार दुतावासले स्थानीय वकिलसँग सम्झौता गरी कानुनी लडाई लडेर पीडितलाई क्षतिपुर्ति उपलब्ध गराएको हो ।

मृतकले कम्पनीबाट पाउनुपर्ने बिमा रकम, बाँकी तलब र सेवा अबधीपछि पाउने सुबिधा उपलब्ध गराएको र सवै प्रक्रिया पुरा गरी क्षतिपुर्ति रकम परराष्ट्र मन्त्रालयमा पठाइसकिएको पनि उहाँले बताउनुभएको छ ।

परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पीडित परिवारलाई दिइनेछ । यो रकमबाट स्थानीय वकिलले कुल क्षतिपुर्तिको १० देखि १५ प्रतिशतसम्म सेवा शुल्क लिने सम्झौता समेत गरिएको छ ।

क्षतिपूर्ति सम्बन्धी झन्डै ३ सय ५० वटा फाइलहरु रहेको र सबै छानबिन गरी अदालतमा मुद्दा दयार गरेको जानकारी दिंद हमालले केही टुंगो लागेको र केही टुंगो लाग्ने चरणमा रहेको पनि जानकारी दिनुभयो ।

कोको छन् क्षतिपूर्ति पाउनेमा

दुताबास अनुसार क्षतिपुर्ति पाउनेहरुमा चितवनका दीपक श्रीमल (४० हजार ६ सय ७०), खोटाङका चन्द्रवोल राई (२५ हजार तीन सय ९९), त्रेहथुमका जीतबहादुर कटुवाल (१५ हजार ९ सय ९२ ), नुवाकोटका हिकमान तामाङ (१३ हजार तीन सय २०), दाङका जनकबहादुृर बस्नेत ( ८ हजार ५ सय ३० दिनार) रहेका छन् ।

त्यस्तै मकवानपुरकी कामीसिंह गोले (८ हजार ३ सय ५०), तनहुँका यमबहादुर बस्नेत (आठ हजार तीन सय), संखुवासभाका गजेन्द्रकुमार विश्वकर्मा (२ हजार एक सय), मोरङका आइतराज तामाङ (२ हजार ६७), बाराका सुकान चौधरी (२ हजार ३०), रुकुमका चित्रबहादुर कुँवर एक हजार ८ सय ३४), पाँचधरका नबहादुर चेम्जोङ (एक हनार एक सय १९), गुल्मीका दुर्गाबहादुर थापा एक हजार ९८) र मकवानपुरका अमृतकुमार बम्जन (एक हजार २ दिनार) रहेका छन् ।

८ सय देखि २५० दिनारसम्म पाउनेहरुमा काभ्रेका ऋषिप्रसाद सापकोटा, धनुषाका सत्यनारायण शाह सोनार, दोलखाका दिलबहादुर तामाङ, ओखलढुंङगाका खड्गकुमार राई, तनहुँका बिरबहादुर गुरुङ, मुस्ताङका आईबहादुर दर्जी, महोत्तरीका रामकुमार भण्डारी, रुपन्देहीका बिजय बिश्वकर्मा, स्याङ्जाका गोबिन्द बिक, धनुषाका सुताई साह तेली, रुकुमका देवराज ओली, महोत्तरीका दुलार ठाकुर हजाम, पाँचधरका केशरबहादुर नेम्वाङ र सखुवासभाकी सनिता गुरुङ रहेका छन् ।

यसबाहेक अन्य ३४ जनाले २ सय दिनार भन्दा कम रकम पाएको दुताबासले जनाएको छ ।

कुवेतमा सडक दुर्घटनामा परी २ नेपालीको मृत्यु २ गम्भीर घाइते

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More