‘कृ ‘ अभिनेत्री अदिती तेलगु चलचित्रमा देखिँदै

15 January, 2018 18:13 | कला/मनोरन्जन , कलिउड | comments | 40500 Views

चलचित्र ‘कृ’की अभिनेत्री अदिती बुढाथोकी अब चाँडै तेलगु चलचित्रमा पनि देखिने भएकी छन् । आइतबार पत्रकार भेटघाट कार्यक्रम गरेकी अदितीले आफू छिट्टै तेलगु चलचित्रमा देखिने बताइन् । तर उनले तेलगु चलचित्र  बारे अन्य जानकारी अहिले दिन नमिल्ने बताइन् ।

नेपाली चलचित्र अगाडि अदितीले बलिउडका केही छोटा चलचित्र तथा चलचित्र र म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।‘मोडलिङ एजेन्सीको अनुबन्धनले मात्र नेपाल इन्डिया आउने जाने गरेकी हुँ’ उनले भनिन् ‘म नेपाली नागरिक हुँ  ।

अभिनेत्री प्रियंका कार्कीबाट प्रभावित भएको बताउँदै  ‘कृ ‘ अभिनेत्री अदिती तेलगु चलचित्रमा देखिँदैले प्रदीप खड्का र आशिरमान देशराजसँग पर्दामा रोमान्स गर्ने इच्छा रहेको बताइन् ।अनमोलको स्टारडम देखेर ;कृ’मा अभिनय गर्नु भएको हो , भन्ने प्रश्नमा उनले अनमोलको स्टारडम भन्दा पनि स्क्रिप्ट र टिम  उत्कृष्ट लागेकाले अभिनय गरेको बताइन् ।

अनमोलको कारणले चलचित्र खेल्ने भए ‘ड्रीम्स’ पनि खेल्थेँ , उनले भनिन् ।आफूले चाहे जस्तो कथावस्तु भयो भने चलेका, नचलेका र नयाँ अनुहार जोसुकैसँग पनि काम गर्न तयार रहेको उनले ।अदिती   अभिनित पहिलो नेपाली चलचित्र ‘कृ’ २६ माघबाट प्रदर्शनमा आउँदैछ ।

बलिउड गीतमा ‘कृ’ हिरोइन अदिती

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रचण्ड

फेसबुक

प्रचण्ड

ट्वीटर

सामाजिक सञ्जाल

More