केन्द्रीय समिती बैठक बुधबार टुंग्याउने कांग्रेसको तयारी

23 April, 2018 18:12 | राजनीति | comments | 63150 Views

विभिन्न कारणले लम्बीरहेको कांग्रेस केन्द्रीय कार्यसमितको बैठक बुधबार सम्मप हुने भएको छ। एक महिनायता जारी बैठकमा पार्टी पराजयका कारण र भावि योजना लगाएतका विषयमा केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन्।

adsads

निर्वाचनको समिक्षाको मुल एजेन्डासहित एक महिनायता जारी केन्द्रीय कार्य समितिको सोमबारको बैठकमा पनि नेताहरूले निर्वाचनमा हार व्यहोर्नुको कारण खोजीगरी पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन नेतृत्वसँग आग्रह गरेका थिए । बैठकमा नेताहरु आनन्द विष्ट, अम्बिका बस्नेत, ध्यानगोविन्द रञ्जितकार, मानबहादुर विश्वकर्माले पार्टी अब नयाँ सोचका साथ अघि बढ्नु पर्ने धारणा राखे ।साथै उनीहरुले नेतृत्वलाई जिम्मेवार भएर अघि बढ्न आग्रह गरे।

निर्वाचनमा केन्द्रीत भएरै सदस्यहरूले आ–आफ्नो धारणा राख्ने काम जारी रहेको भए पनि कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले केन्द्रीय सदस्यहरूले मंगलबार सम्ममा बोलिसक्ने र बुधबार नेताहरुले उठाएको प्रश्नको जवाफ सभापती शेरबहादुर देउवाले दिने कार्यतालीका रहेको छ ।

बैठक जारी रहँदा बिचमा कांग्रेस नेता खुम्बहादुर खड्काको निधन भएपछि केहि समय पार्टी बैठक पर सारिएको थियो । त्यसपछि सोमबारबाट बैठक पुनः सुरु भएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More