बार बार

  • बार
  • बार
  • बार
  • बार
  • बार
  • बार

केन्याका डान्सबारमा नेपाली युवती

1 December, 2017 13:00 | पत्रपत्रिका , प्रबास | comments | 160350 Views

बार

अफ्रिकी मुलुक केन्याका डान्स बारमा नर्तकी र यौनकर्मीका रुपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ ।

प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरुले कात्तिक २३ मा न्युरोडबाट ललितसिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

adsads
युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मूलकी केन्याली महिला काठमाडौं आएकी थिइन् ।

केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रुपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । तर आफूले भनेजस्तो उचाई, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती युवती लैजान अस्वीकार गरिन् ।

प्रहरी स्रोतका अनुसार, सुवालले यसअघि नै दुई युवतीलाई केन्याका डान्सबारमा काम गर्ने गरी पठाइसकेका छन् ।सुवालले नेपाली युवतीको फोटो सुट गरिएको तस्बिर हाटसएपमार्फत केन्याली एजेन्टकहाँ पठाउने गर्थे ।

प्रहरीले सुवालको मोबाइलमा केन्या पठाइएका युवतीको तस्विर पनि फेला पारेको थियो ।मोबाइलमा केन्याको डान्सबारमा काम गर्ने नेपाली युवतीले पठाएको म्यासेज पनि भेटिएको थियो ।

ती नेपाली युवातीले आफूहरुले काम गरेको डेढ महिनासम्मको तलब नपाएको गुनासोसहितको म्यासेज सुवाललाई गरेका थिए ।

आजको कान्तिपुरमा खबर छ ।

मनोरञ्जन क्षेत्रमा किशोरी: ‘थाहा पाए बेइज्जत’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More