केही विद्यालय त पुनःनिर्माण नगर्ने भारतले ठूला आयोजना के बनाउला ?

24 May, 2018 21:14 | जन सरोकार | comments | 25200 Views

नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा अनि धार्मिक सांस्कृतिक रुपमा जति निकट छ राजनीतिक रुपमा त्यस्तो छैन । नेपाल भारतबाट अनेक पक्षबाट प्रताडित छ ।

adsads
भारतले नेपालसंगको सम्बन्धलाई शब्दमा मात्र व्यापकता दिएको छ ।

भारतले नाकाबन्दी लगाएकै छैन भन्दै ६ महिना नाकाबन्दी गर्यो । सीमा मिचेकै छैन भन्दै मिचिरहन्छ । सीमाक्षेत्रमा बाँध बाँधेर नेपाली भूमि डुबानमा पारिरहन्छ । नेपाल र नेपालीको विकास एकमात्र चाहना भन्दै नेपाली उत्पादन निर्यातमा अनेक अबरोध लगाउँछ । जल आयोजनाहरु ओगटेर बस्छ ।

यसका एक होइन अनेक उदाहरण छन् । भारतले नेपालको जलविद्युत क्षेत्रमा मात्र ७ हजार मेगावाटका आयोजना ओगटेर राखेको छ । त्यस्तै भारतले प्रतिबद्धता जनाएका ठूलादेखि साना साना आयोजना समेत वर्षांसम्म सम्पन्न गरेको छैन ।

यस्तै अवस्था छ रामेछापमा । सो जिल्लामा भूकम्पले सबभन्दा बढी क्षति पुर्याएका केही विद्यालयको पुनःनिर्माण भारतीय दतावासले जिम्मा लिए पनि अहिलेसम्म काम नै सुरु भएको छैन । यसले गर्दा रामेछापमा शिक्षा क्षेत्र प्रभावित भएको छ ।

भूकम्पले रामेछापका ४ सय १९ वटा विद्यालयमा क्षति पुर्याएको थियो । तीमध्ये सबैभन्दा बढी क्षति भएका जटेश्वर मावि चचुरे, त्रिपुरेश्वर मावि दुरागाउँ, निलकण्ठेश्वर मावि कठजोर, जनकल्याण मावि च्यास्कु, कृष्णपुरी मावि खनियापानी र खाँडादेवी मावि चोप्राङका भवन निर्माणको जिम्मा भरतीय दूतावासले लिएको थियो ।

यसैगरी श्रीकृष्ण मावि टिमु, अन्तर्राष्ट्रिय युवा मावि पुणिघ्याङ लखनपुर, पशुपति मावि नागशिवा र जनजागृति मावि वेतालीको भवन निर्माण जिम्मा पनि भारतीय दूतावासले लिएको थियो ।

अन्य विभिन्न दातृ संस्था र नेपाल सरकारबाट निर्माणको जिम्मा लिएका विद्यालय भवनहरु धमाधम बने पनि भारतीय दूतावासले जिम्मा लिएका कुनै पनि भवनको काम सुरु भएको छैन । विद्यालय भवन निर्माण सुरु नहुँदा विद्यार्थीहरुलाई अस्थायी टहरोमा नै पठन पाठन गर्नुपर्ने वाध्यता रहेको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका इकाई प्रमुख हेमन्त बुढाथोकी निर्माणको जिम्मा लिएका भवनको काम सुरु गर्न पटक पटक ताकेता गर्दा पनि काम सुरु नभएको बताउनुहुन्छ ।

जिल्लामा ३ सय भन्दा बढी विद्यालय निर्माण चलिरहेको भए पनि भारतीय दूतावासको सहयोगमा निर्माण हुने भनिएका विद्यालयहरुको भने कुनै काम सुरु नभएको उहाँ बताउनुहुन्छ ।

नागरिक समाजका अगुवा गोपाल श्रेष्ठ ती विद्यालयहरुमा अरुलाई पनि काम गर्न नदिने र भारतीय दूतावासले पनि काम सुरु नगरेपछि समस्या भएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ “यस विषयमा विद्यालय व्यवस्थापन समिति, नागरिक समाज र राज्यको निकाय बसेर गर्ने वा नगर्ने अन्तिम टुंगो लगाई अघि बढ्नुपर्ने बेला भैसकेको छ । भारतले नगरे अरुले गर्छ, तर विद्यालय जस्तो सम्वेदनशील ठाउँमा ओगटेर बस्नु भएन ।”

गर्नुपर्ने केही नगर्ने भारतले नगर्नुपर्ने जति सबै चुपचाप गरिरहन्छ । भूकम्पपछि भारतले दिने भनेको अनुदान ऋण सहयोग अहिलेसम्म दिएको छैन । पुनःनिर्माण गर्ने भनेर जिम्मा लिएका पूर्वाधारको अहिलेसम्म काम भएको छैन ।

हुन त टनककपुरदेखिको ५०० मिटर सडक २० वर्षसम्म नबनाएको भारतले रामेछापको एक दर्जन विद्यालयको पुनःनिर्माण तीन वर्षसम्म गरेन भनेर आश्चर्य नमाने हुन्छ । यो सन्दर्भले के कुराको पुष्टि भने गरेको छ भने भारतले नेपालको हित हुने आयोजनालाई द्रुतगतिमा अघि बढाउनै चाहँदैन ।

भारतले लगाएको नाकाबन्दी राष्ट्रसंघमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

फेसबुक

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

ट्वीटर

सामाजिक सञ्जाल

More