कोटेश्वर-कलंकीपछि कलंकी-महाराजगन्जको सडक विस्तार (भिडियोसहित)

24 May, 2018 17:02 | जन सरोकार | comments | 28200 Views

 

वि.सं. २०२७ सालमा चीन सरकारकै अनुदानमा बनेको २७ किमि चार लेनको चक्रपथ अब चीनकै सहयोगमा ८ लेनको बन्दैछ ।

चीन सरकारको पाँच अर्ब रुपैयाँको सहयोगमा कोटेश्वरदेखि कलंकीसम्मको (१० किमि) सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ भने त्यस्तै कलंकीमा अण्डरपास वे पनि अन्तिम चरणमा पुगेको छ ।

adsads

यी दुई योजनापछि चीन सरकारले चक्रपथको कलंकी–महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ । अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ ।

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण–सुधार– विस्तार कार्य हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ । सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१र३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचना तत्काल हटाउन अनुरोधसमेत गरेको छ ।

कलंकी–महारागन्ज सडकको लम्बाइ ८ किमिभन्दा बढी छ । उक्त खण्ड निर्माण विषयमा पहिले सहमति भइसकेको छ । सडकको सीमाभित्र पर्ने स्थायी वा अस्थायी संरचना घर, टहरा, घुम्ती, बिग्रिएका सवारीसाधन, हार्डवेयर पसलका समान तथा अन्य प्रकृतिका पसल हटाउने १५ दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ ।

यो सडक खण्ड कलंकी चोकमा अन्डरपाससहितको सकिएपछि कलंकीबाट बालाजु हुँदै महाराजगन्जसम्म विस्तार हुनेछ । साइकल लेन, फुटपाट, सर्भिस ट्रयाक र हरित उद्यान समेत रहनेछ ।

कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार गर्ने विषयमा सडक विभागले नै सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन चिनियाँ सांघाई कन्स्ट्रक्सन कम्पनीलाई उपलब्ध गराइसकेको छ ।

१० वर्षभित्रमा ८ लेनको चक्रपथमा ६२ मिटर चौडाइ र नौवटा आकाश पुल निर्माण हुनेछन् । यसका लागि १३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने विभागले प्रारम्भिक अनुमान छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

फेसबुक

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!