कोबे स्टीलका उत्पादनबाट विभिन्न कम्पनीहरु प्रभावित

12 October, 2017 14:29 | जापान | comments | 4800 Views

एलुमिनियम र कपरका उत्पादनहरुको गलत विश्लेषणले करिब २०० कम्पनीहरु प्रभावित भएको र व्यवस्थित ब्यभिचार कारखानामा १० वर्ष पहिले सुरु भएको जापानको कोबे स्टीलले आइतबार गरेको निरिक्षणबाट पत्ता लागेको छ ।

कोबेले प्रभावित कम्पनीहरुको नाम उल्लेख गरेन तर एलुमिनियमका सामाग्रीहरु टोयोटा मोटर कर्पोरेशनले निर्माण गरेका गाडीहरु तथा मित्सुबिसी हेभी इन्डस्ट्रिजले अहिले निर्माण गरिरहेको मित्सुबिसी रिजनल जेट प्यासेन्जर प्लेनहरुमा प्रयोग भएको छ ।

उत्पादनको बल लगायत तथ्यको परिक्षणका क्रममा उपभोक्तको आवश्यकता अनुसार निर्माण गर्ने क्रममा त्रुटि भएको कोबे स्टीलले जनाएको छ । कोबे स्टीलका कार्यकारी उपाध्यक्ष नायोतो उमेहाराले उत्पादन समयमै पुर्याउन कामदारहरुलाई दबाब महसुस भइरहेको जानकारी दिएका छन् ।

कम्पनीले गत वर्षको तथ्य निरीक्षण गर्दा १९३०० टन एलुमिनियम , २२०० टन कपरका उत्पादन तथा १९४०० एलुमिनियमका टुक्राहरुको निर्माण भएको थियो ।

जापानी कम्पनी मित्सुबिसीले बनायो सौर्य ऊर्जाबाट बिनातारको विजुली

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More