कोमल वली एमाले प्रवेश गर्ने

23 September, 2017 19:23 | राजनीति | comments | 51900 Views

 

राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने भएकी छन् ।राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी स्रोतले जनाएको छ  । 

कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । राना र ओलीलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं दाङ जाने भएका छन् ।

कोमल ओलीले यसबीचमा एमाले प्रवेशका लागि माधव नेपाल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन् । राप्रपा विभाजनपछि निराश बनेकी ओलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी हुन् । उनले यसबीचमा एमाले प्रवेश गर्नेहरुको एउटा सूची नै बनाएकी छिन् ।

गायिका कोमल ओली र नायिका रेखा थापा एकसाथ राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । राप्रपा फुटेपछि ओली कमल थापा समूहमा थिइन् भने रोखा चाहिँ पशुपतिसमशेर राणा समूहमा लागेकी छिन् ।

ओली एमालेमा प्रवेश गरे पनि रेखाले भने पार्टी परिवर्तनको निर्णय गरेकी छैनन् ।कोमल ओलीलाई एमालेले प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुपातिकतर्फको सांसद बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । जताबाट भए पनि कोमल अब एमालेबाट सांसद बन्ने सम्भावना रहेको उनी निकट स्रोतले बतायो ।

मलाई ठूला पार्टीबाट अफर आइरहेको छ : कोमल ओली

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

यू १६

फेसबुक

यू १६

ट्वीटर

सामाजिक सञ्जाल

More