कोलोराडोमा इन्द्र जात्रा सम्पन्न

17 September, 2017 16:43 | प्रबास | comments | 10800 Views

इन्द्र जात्रा

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका – इन्द्रजात्राको उपलक्ष्यमा कोलोराडो निवासी नेवारी समुदाय एकै ठाउँमा भेलाभई समयवजी खाई एक आपसमा शुभकामना आदान प्रदान गर्दै इन्द्रजात्रा मनाएका छन् ।

कोलोराडो स्थित ईरि पार्कमा घर घरबाट समयबजी तयार पारेर ल्याई त्यसको प्रदर्शन गरी एक आपसमा भलाकुसारी गर्दै उनीहरुले आफ्नो परम्परागत संस्कृती मनाएका हुन् ।

नेवारी धर्मशास्त्र अनुसार समयवजी चिउरा, भटमास, मासु, अदुवा र रक्सीलाई पञ्च तत्व मानिन्छ । समारोहमा नेवारी पुरोहित बिरेन्द्रराज उपाध्ययले समयबजी खाई कार्यक्रमको सुरुवात गरेका थिए । समयवजी खानाले रोग ब्याधीले आक्रमण गर्न नसक्ने र आफूले आटेको कुरा पुग्ने तथा कतै साईत गर्दा यसलाई सगुनको रुपमा प्रयोग गरिने चलन रहेको स्थानीय भुषणलाल श्रेष्ठले बताएका छन् । त्यसैले नेवारी समुदायमा हरेक शुभ कार्यमा समयवजी तयार परिन्छ ।

किम्बदन्ति अनुसार स्वर्गका राजा ईन्द्रका आमा बसुन्धरालाई पूजा गर्न पारिजातको फूल चाहिने परिजातको फूल कृष्णले मत्र्यलोकमा ल्याएका हुनाले स्वर्गमा नपाईने । आमाको ईच्छा पुरागर्न इन्द्र पृथ्विमा आई फुल टिप्नलाग्दा काठमाण्डौंको मरुटोलमा मालीले फेलापारी बाधेर राखे । इन्द्र हराए पछि स्वर्गमा खेला बैला मच्चियो आकास भैरबलाई खोज्न पठाईयो । मरुटोलका मालीहरुले तन्त्र मन्त्र मार्फत आकास भैरव तथा इन्द्रका वाहान अ‍ैरावत हात्तीलाई समेत बाधेर राखेको थाहापाए पछि इन्द्रका आमा बसुन्धरा स्वयंआई यो मेरो छोरो स्वर्गको राजा ईन्द्र हो भनी उपत्यकाबासीहरुसंग बिभिन्न शर्तमा छोरा छुटाई लगेको विश्वास गरिन्छ ।

इन्द्र जात्रा

इन्द्रसंग भएको सर्त अनुसार उपत्यकालाई स्वर्गजस्तै बनाउनु पर्ने, पानी परिराख्नु पर्ने, सधै हराभरा बनाउनु पर्ने, अनिकाल पार्न नहुने र मरेका सबैलाई स्वर्गलानुपर्ने हरेक वर्ष नाच्न पृथ्वीमा आउन पर्ने लगायतका रहेको किम्वदन्ति रहेको छ ।

अमेरिकाको इन्द्रजात्रामा ऐतिहासिक नाटक प्रस्तुति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More