ए मेरो हजुर २ ए मेरो हजुर २

  • ए मेरो हजुर २
  • ए मेरो हजुर २
  • ए मेरो हजुर २
  • ए मेरो हजुर २
  • ए मेरो हजुर २
  • ए मेरो हजुर २

कोलोराडोमा चलचित्र ‘ए मेरो हजुर २’ प्रर्दशन

13 March, 2018 14:33 | प्रबास | comments | 101100 Views

ए मेरो हजुर २

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका – नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २‘ कोलोराडोको बोल्डरमा प्रदर्शन गरिएको छ ।

बोल्डर नेपाल र ब्रमुण्डा ईन्टरटेन्टको संयूक्त आयोजनामा तथा चलचित्र निर्देशक झरना थापाको उपस्थितीमा चलचित्र प्रदर्शन गरिएको हो ।

adsads
निर्देशक झरना थापालाई कार्यक्रम स्थलमा परंपरागत धिमेबाजा, फूलका गुच्छा र खादाद्धारा स्वागत गरिएको थियो ।

कार्यक्रममा समाजसेवी डा. बिष्णुबहादुर श्रेष्ठ तथा सबिता श्रेष्ठले निर्देशक झरना थापालाई मायाको चिनो प्रदान गरेका थिए, भने लङमन्ट हिमालयज् लायन्स क्लवका अध्यक्ष प्रमोद श्रेष्ठ, बौद्ध समाज कोलोराडोका अध्यक्ष अक्कल तमाङ्ग, बोल्डर नेपालका बिके श्रेष्ठलगायतका व्यक्तिहरुले खादा पहिराएर सम्मान गरेका थिए । त्यस्तै कार्यक्रममा उपस्थित अभिनेता सुनिल क्षेत्री, नायिका साहारा कार्कि, चलचित्र निर्देशक कृष्णमुरारी ढुङ्गेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, मिष्टर नेपाल युएसए आशिस श्रेष्ठ लगायतका कलाकारहरुलाई खादा पहिराएर सम्मान गरिएको थियो ।

बोल्डर नेपालका बिके श्रेष्ठले फिल्महेर्न उपस्थित सबैलाई धन्यवाद दिदै यस प्रर्दशनबाट उठेको ५० प्रतिषद रकम मेकअप आर्टिष्ट ईन्द्रलामा र भर्जिनिया उठेको २५ प्रतिशत  चितवनका विवेक परियारको उपचारमा खर्च गरिने घोषणा गर्दै अन्यठाउँमा प्रदर्शन गरेर उठेको रकम पनि त्यस्तै सामाजिक क्षेत्रमा खर्च गरिने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम दिनेश कार्कीले सचालन गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा निर्देशक कृष्णमुरारी ढुङ्गेल स्विच थिचेर फिल्मको प्रदर्शन सुरु गरेका थिए । हरिहर अधिकारीद्धारा लिखित तथा सुनिल थापाद्धारा निर्मित यस चलचित्र झरना थापाद्धारा निर्देशित पहिलो चलचित्र हो । यसमा सम्राज्ञी राज्यलक्ष्मी शाह, सलिममान बानिया, अमर सुवेदी, बुद्धि तमाङ लगायतका कलाकारहरुको उल्लेखनिय भूमिका रहेको छ ।

ए मेरो हजुर २

विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल, जोमसोम, फेवाताल र नेपालको सुन्दर तथा प्राकृतिक मनमोहक पहाडी श्रृखलाहरु समेटिएको प्रेम कथामा आधारित चलचित्र एक पटक हेर्नै पर्ने दर्शकहरुले प्रतिक्रिया  दिएका छन् ।

‘ए मेरो हजुर २’ को आक्रामक सुरुवात (फोटो फिचर)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ए मेरो हजुर २

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More