कोलोराडोमा तमु ल्होसार सम्पन्न

9 January, 2017 10:57 | प्रबास | comments | 6450 Views

losarrr

तमु ल्होसारको अवसरमा कोलोराडोमा एक संस्कृतीक कार्यक्रम संगै सुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो ।
तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले ल्होसारको अवसर पारेर सांकृतीक कार्यक्रम गरि सुभकामना आदान प्रदान गरेका हुन् ।

तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर नगरमा संम्पन्न कार्यक्रममा एक संस्कृतीक कार्यक्रम संगै लामा अक्कल बहादुरबाट सबैलाई नयां बर्षको उपलक्ष्यमा आर्शिबाद प्रदान गरिएको थियो ।

९० बर्षिय बयोबृद्ध आसाबहादुर तमाङले पानसमा बत्तीबालेर उद्धाटन गरिएको कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गाईएको थियो । कार्यत्रलममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्याबसाही, पत्रकार तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

यसरी कार्यक्रममा उपस्थित हुनेहरुमा नेपाली घरका अध्यक्ष योगराज गौतम, एनआएनका अध्यक्ष बासुदेब खनाल, नेपाली जनसंम्पर्क समिती कोलोराडोका अध्यक्ष गणेशराज भण्डारी, प्रवासी नेपाली मंचका अध्यक्ष जगत श्रेष्ठ, संखुवा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, कलाकार मंचका अध्यक्ष साबु गदाल, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका कोषध्यक्ष मणी बस्नेत, यूएस नेपाल न्यूजका बिकल पराजुली, स्वतन्त्र पत्रकार नातिबाबु भट्ट लगायतका अतिथीहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो ।

बाल्टिमोरमा तमु ल्होसार मनाईयो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More