क्यानाडामा कुदेर दोधाराको क्याम्पसलाई सहयोग जुटाउदै एक नेपाली

20 April, 2017 20:15 | प्रबास | comments | 4950 Views

canada-finalक्यानाडाको क्यालगरी निवासी भुपेश खड्का नेपालको कंचनपुर जिल्लाको “महाकाली पारीको नेपाल” नामले परिचित बिकट दोधारा(चाँदनीस्थित भानु बहुमुखी क्याम्पसको पुस्तकालय निर्माणमा सघाउनको लागि “हाफ म्याराथन”मा सहभागी हुदैछन ।

स्थानीय स्कोसिया बैंकको आयोजनामा यही मे २८, २०१७ मा हुन लागेको हाफ म्याराथनमा खड्काको सहभागिताको लागि स्थानीय नेपाली संस्था क्यालगरी नेपालीज कम्युनिटी एसोसिएसन (सी एन सी ए ) ले च्यारिटी कार्यक्रम मार्फत सघाएको छ ।

दोधारा(चाँदनीमा जन्मेर आफ्नो बाल्यकाल त्यही बिताएका भुपेश खड्काले दोधारा(चाँदनीको भौगोलिक विकटता , प्राकृतिक प्रकोप र राज्य विहिनताको पीडा नजिकैबाट भोगेका छन् । देशमा थुप्रै राजनैतिक परिवर्तनपछि पनि दोधारा(चाँदनीको अवस्थामा खासै उल्लेख्य परिवर्तन नभएको, त्यहाका बासिन्दाहरू अझै पनि शिक्षा, स्वास्थ्यको पहुचबाट बन्चित रहेको र त्यस क्षत्रमा भएको एउटा क्याम्पसमा पनि भवन, फर्निचर, शैक्षिक सामग्रीको अभाव रहेकोले त्यही क्याम्पसको शैक्षिक सुधारमा सहयोग जुटाउनको लागि आफू हाफ म्याराथनमा सहभागी हुन लागेको कुरा भुपेश खड्का बताउछन् ।

उनको यो अभियानमा शुभचिन्तकहरूले गर्ने सानो सहयोगले भानु बहुमुखी क्याम्पसमा पुस्तकालय भवन निर्माण, फर्निचर र शैक्षिक सामग्री खरिद गरी दोधारा(चाँदनीको शैक्षिक गुणस्तरमा टेवा पुग्ने अपेक्षा गर्दै सहयोगको लागि अपील गरेका छन् ।

यो अभियानमा हालसम्म ४,००० क्यानेडियन डलर संकलन गरिसकिएको र यसरी नै सहयोग जारी रहे मे २८ सम्ममा राम्रै रकम संकलन गरी परियोजना सफल हुनेमा खड्का आशावादी छन् । क्यालगरी नेपालीज कम्युनिटी एसोसिएसनले विगतमा पनि नेपालको दुर्गम तथा ग्रामीण भेगका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्न र भूकम्प लगायत विभिन्न प्रकोपमा तत्कालिन राहत र पुनर्निर्माणमा सघाउदै आएको र समुदाय सदस्य भुपेश खड्काको प्रस्तावमा हाफ म्याराथुन मार्फत भानु बहुमुखी क्याम्पस दोधारा(चाँदनीको पुस्तकालयको लागि यो च्यारीटी परियोजना संयोजन गर्न पाउँदा खुसी लागेको कुरा क्यालगरी नेपालीज कम्युनिटी एसोसिएसनका निवर्तमान अध्यक्ष दिव्य प्रधानले व्यक्त गरेका छन् ।

संसारको जुनसुकै स्थानमा बसेर पनि यो अभियानमा सघाउन सकिने र परोपकारी मनहरुको सानो सहयोगले दोधारा(चाँदनीका शिक्षाको पहुच नपुगेका समुदायको परिवर्तनमा ठुलो टेवा पुग्ने हुनाले यो अभियानमा सकेको सहयोग गर्न क्यालगरी नेपालीज कम्युनिटी एसोसिएसनले आह्वान गरेको छ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More