क्यालिफोर्नियामा बृहत रक्तदान कार्यक्रम हुने

Kabi 18 May, 2018 10:54 | प्रबास | comments | 50700 Views

अमेरिकाको उत्तर क्यालिफोर्नियामा “रक्तदान जीवन दान” भन्ने नाराका साथ एक बृहत रक्तदान कार्यक्रम हुने भएको छ।

यही मे २६ शनिवारका दिन सम्पन्न हुने उक्त कार्यक्रममा उल्लेख्य उपस्थिती रहने अपेक्षा गरिएको छ।

adsads
लायन्स क्लब सान लियान्द्रो मनकामना, नेपाल विश्व सहयोग संघ एनएजिसी तथा ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा सन्चालन गर्ने सो कार्यक्रमको संयोजन लायन्स क्लब अफ सान लियन्ड्रो मनकामनाका चार्टर प्रेसिडेन्ट चन्द्र धितालले गरिरहेको कुरा क्लबका अधक्ष गोपाल बस्नेतले बताएका छन।

आयोजक संस्था नेपाल विश्व सहयोग संघ एनएजिसिका संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले रत्क्तदान अत्यन्त पुण्यको काम भएकोले संस्था यो कार्यक्रममा सहभागी भएको बताउँदै सम्पूर्ण दाजुभाई दिदीबहिनीलाई आमन्त्रण गर्नुभयो ।

अर्को आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरका उत्तर क्यालिफोर्निया संयोजक थलवीर ओलीले यस कार्यक्रमहरुमा उल्लेख्य संख्यामा युवाहरु सहभागी हुने बताउनु भएको छ। रक्त दान दिन इच्छुक व्यक्तिहरुले एक लिन्क मा गएर आफ्नो नाम रेजिस्टर गर्दा कार्यक्रम प्रभावकारी हुने अमेरिकन रेडक्रस उत्तर क्यालिफोर्नियाले जोड दिएको छ। सो कार्यक्रमको प्राविधिक पक्ष अमेरिकन रेडक्रसले नै गरिरहेको आयोजकहरुले बताए।

क्यालिफोर्नियामा लायन्स क्लबको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More