क्षेत्रीय बिचारले राष्ट्रिय प्रगतीमा आँच पुर्याउन नहुने

21 April, 2017 20:03 | बिचार | comments | 19200 Views

– कोमल पौडेल

komal-poudelनेपालमा बिभिन्न प्रकारका राजनीतिक घटना र समाजिक आर्थिक परिबेशका कारण स्थानीय जनप्रतिनिधिबिहीन भएको २० वर्ष पुगेको छ । देशले लामो समयदेखि विविधध प्रकारका समस्या भोग्दै आएको छ, समाजमा गरीबी, बेरोजगारी, असुरक्षा, पछौटेपन, अशिक्षा जस्ता समस्या समाधन गर्न एक मिनेट पनि ढिला भैरहेको छ ।

देशको आर्थिक बजेट अनावश्यक पक्षमा गैरहेकोछ भने देशवासी गास, बास, कपास, शिक्षा, सुरक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता परी पुर्ती गर्न नसकी आत्महत्या गरिरहेको, अकालमा म्रुत्यु भैरहेको अवस्था छ । देशमा च्याउ उम्रेको जस्तो उम्रेका राजनीतिक पार्टीको गैरजिम्मेवारपूर्ण भूमिका नै जनताको दुखको कारण र देशको अधोगतीको कारण बनेको छ ।

यो परिवेशमा स्थानीय निर्वाचनको घोषणा गरिएको छ । २० वर्षपछि समाजले आफ्ना स्थानीय प्रतिनिधि पाउने अपेक्षा गरिएको छ । तर अझ पनि केही राजनितिक पार्टीहरुले आफ्ना अति पार्टीगत र नीजिगत चाहनालाई पर्णता दिन सिङ्गो देशलाई अन्योलतिर धकेल्न खोज्दैछन् ।

प्रजातन्त्रमा प्रजातान्त्रिक संस्कार हुनु अति जरुरी हुन्छ । प्रजातान्त्रिक संस्कार भनेको राजनीतिक गतिबिधिमा अनुशासन हो । बहुदलीयतामा सबै पार्टीले सबैको अस्तित्व र अधिकारको सम्मान गर्ने, जनहितलाई प्रमुखता दिने, राष्ट्रियतालाई प्रमुख एजेण्डा बनाउने, पारदर्शिता अपनाउने, जनाधिकारको उच्च सम्मान गर्ने, स्वच्छ प्रतिस्पर्धा गर्ने, छलफल र वार्ताको माध्यमबाट सबै समस्याको समाधान गर्ने, समावेशीकरणलाई अबलम्बन गर्ने, कानुनलाई मेरुदण्ड स्वीकार्ने, राजनीतिक आस्थाको कारण कसैलाई पक्षपात र कठिनार्इ नदिने जस्ता विशेषता नै राजनीतिक अनुशासन वा प्रजातान्त्रिक संस्कार हो ।

राजनीतिक पार्टी खोलेर जनताको अधिकारलाई खोस्न प्रयत्न गर्ने, राजनीतिक संस्कार नबुझ्ने, केही अति सीमित समूहको स्वार्थको निम्ति सिंगो देशबासीलाई अन्योल र समस्याग्रस्त बनाउने, सुरक्षा निकायलाई कमजोर पार्ने, पक्षपात र एक्स्क्लुसन जस्ता सोच राख्नु प्रजातन्त्रको बिपरित हुन्छ । राजनीतिक अनुशासनको बिपरीत हुन्छ । मानव अधिकारको हनन र जनधिकारको उपेक्षा गरिएको हुन्छ ।

म पिटेजस्तो गर्छु त रोएको जस्तो गर भन्दै बिभिन्न षड्यन्त्रबाट देशलाई अन्योलग्रस्त गराइ जनतालाई दुख पुर्याउने पार्टीलाई चिन्न जनता सक्षम भएका छन । इतिहास जनताले आफै कोर्नेछन । देशलाई निकास दिन, बिकास दिन्, जनतालाई अधिकार दिन राष्ट्रिय पार्टीले राष्ट्रिय हितका लागि कर्म गर्नु अपरिहार्य हुन्छ । नेताले क्षेत्रका मात्र त्यो पनि केही समूहका मात्र एजेण्डा अगाडी ल्याएर राष्ट्रिय राजनीतिक प्रगतीमा अबरोध ल्याउनु अति नीच र गैर जिम्मेवारी कुरा हो । आफ्नो भूमिकाको कालो इतिहास बनाउन प्रयत्न गर्नु आफू पर्ने खाल्टो आफै खाने जस्तो हो ।

राजनितिक पार्टीको भूमिका सकारात्मक भएमा देश सम्बृद्ध र जनता सुबिधा सम्पन्न हुन समय लाग्दैन । मधेशवादी नेता राष्ट्रवादीको भूमिका खेल्न सकेमा मात्र राष्ट्रिय सम्मान प्राप्त हुन्छ । सधै देशमा अशान्ति, असुरक्षा, असुविधा, विकासहीनाता ल्याउने र जनअधिकारको हनन गर्ने जस्ता भूमिकाले उनीहरु अप्रजातान्त्रिक र अनुशानहीन अनि जनबिरोधी भएको बुझाउँछ । चेतना भया !
(हेल्सिन्कि, फिन्ल्याण्ड)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More