क्षेप्यास्त्र प्रक्षेपणबारे जापानी संचार माध्यम एनएचको गलत सुचना

17 January, 2018 18:10 | जापान | comments | 93600 Views

जापानी संचारमाध्यम एनएचकेले मंलगबार उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको र सुरक्षित स्थानमा जान जनतालाइ गलत समाचार सम्प्रेषण गरेको छ भने त्यसको केही समयमै त्यस गल्तीलाइ सच्याएको छ ।

उत्तर कोरियाले गत सेप्टेम्बरमा सवैभन्दा ठूलो आणविक परिक्षण गरेको र नोभेम्बरमा अमेरिकासम्म पुग्न सक्ने अन्तरमहादेशिय क्षेप्यास्त्रको सफल परिक्षण गरेको दावी गरेपछिको तनावपूर्ण समयमा उक्त गल्ती भएको हो । उत्तर कोरियाले जापानअमेरिकाको विनास गर्ने वक्तव्य सार्वजनिक रुपमै दिइरहेको आवस्थामा यस्तो समाचार बाहिर आएको हो । तर एनएचकेको समाचारपछि कुनै पनि खतराका रिपोर्टहरु भने देखिएनन् । यस्तै घटनाले अमेरिकाको हवाइ क्षेत्रमा पनि तनाव श्रृजना गरेको थियो ।

एनएचकेले आफ्नो वेबसाइटमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको र जापान सरकारले सवैलाइ सुरक्षित स्थानमा रहन अपिल गरेको बताएको थियो । उक्त चेतावनी एनएचकेको अनलाइन समाचारमार्फत प्रयोगकर्ताको मोबाइलमा पठाइएको थियो । त्यसको पाँच मिनेटपछि उक्त समाचार गलत भएको र सरकारले यस्तो चेतावनी नदिएको भन्दै एनएचकेले क्षमा मागेको थियो । इन्टरनेटमा समाचार पठाउने उपकरणको गलत प्रयोगले यस्तो भएको एनएचकेले रातीको ९ बजेको समाचारमा जनाएको थियो ।

क्षेप्यास्त्र प्रक्षेपण : जापानको सुरक्षा क्षमताको परीक्षा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!