राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकाल राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकाल

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकाल
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकाल
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकाल
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकाल
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकाल
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकाल

खेलबाट देशलाई चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल

12 June, 2018 16:32 | खेल | comments | 14100 Views

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सोमबार भएको ‘नेता÷कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ मा उहाँले खेलाडीको कडा परिश्रम र कौशलताका कारण उनीहरुले जित्ने खेलबाट देशलाई विश्वमा चिनाउन सकिने बताउनुभयो ।

adsads

पार्टीका प्रशिक्षण विभाग प्रमुख भूवन पाठकले मानिसको क्रुरतालाई शान्त पार्न खेलकुदको विकास गरिएको जानकारी दिँदै यस क्षेत्रलाई समय सापेक्ष नयाँ खेलको विधा विकास गरिँदै गएकामा फुटसल त्यसैको नमूना भएको बताउनुभयो ।

संगठनका अध्यक्ष महेशबहादुर सिंहले देश र जनताको विकास तथा प्रगतिका लागि नेता तथा कार्यकर्ताका बीच समन्वय र सहकार्यको खाँचो रहेको बताउँदै उनीहरुको मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सो प्रतियोगिता गरिएको जानकारी दिनुभयो । उक्त प्रतियोगितामा पुरुषतर्फ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन तथा महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विजय प्राप्त गरेका छन् ।

हाँडीगाउँस्थित धन्वन्तरी फुटसल प्रालिमा आयोजित सो प्रतियोगितामा छ टिमको सहभागिता रहेको सो खेलको फाइनलमा पुरुषतर्फ राप्रपा केन्द्रीय कार्य समितिको टिमलाई राप्रविसं टिमले जितेको हो ।

यस्तै, महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीचको खेलमा राप्रमसंले विजय प्राप्त गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भेला

फेसबुक

कांग्रेस भेला

ट्वीटर

सामाजिक सञ्जाल

More