झडप झडप

  • झडप
  • झडप
  • झडप
  • झडप
  • झडप
  • झडप

गणेश लामाको रिहाइको माग गर्दै भएको जुलुसमा दोहोरो झडप

18 March, 2018 09:11 | जन सरोकार | comments | 129750 Views

झडप

गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

शनिबार बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकाल्न लागिएको जुलुसमा दोहोरो झपड भएको हो ।

adsads
मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।

जुलुस शुरु गर्नुअघि काँग्रेसका नेता कार्यकर्ताले गणेश लामालाई रिहाइ गर, प्रहरी दमन बन्द गरलगायतका नारा लगाएका थिए । झडपका क्रममा नेपाली काँग्रेसका करिब २० जना कार्यकर्ता घाइते भएको र उनीहरुको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताउनुभयो ।

काँग्रेसका कार्यकर्ताले पार्टी कार्यालय गोदामचोकबाट चार दोबाटोसम्म आएर नाराबाजी गरेका थिए । सो क्रममा सडकमा करिब एक घण्टा सवारी आवागमनसमेत बन्द भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले राँके जुलुस निकाल्न खोजेपछि खोस्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको र भीडलाई हटाउने क्रममा अश्रुग्यास प्रहार गर्नुपरेको बताउनुभयो ।

लामालाई गत बुधबार साँझ काठमाडौँको गौशालास्थित होटल पशुपति भिजनबाट प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने छ थान गोलीसहित पक्राउ गरेको थियो । लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ का नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए ।

गणेश लामालाई स-सम्मान रिहा गर्न कांग्रेसको माग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
झडप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More