गण्डकीमा चलचित्र छायाङ्कन सम्भाव्यता अध्ययन गर्न भारतीय टोली आउने

19 July, 2018 22:13 | गण्डकी प्रदेश , प्रदेश | comments | 30750 Views

प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययनका लागि भारतबाट प्राविधिक टोली आउन लागेको जानकारी दिनुभएको छ । बिहिबार गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले सो कुराको जानकारी दिनुभएको हो ।

adsads

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पर्यटन, जलस्रोत, जडीबुटीलगायत अथाह सम्भावनालाई पहिचान गरी उजागर गर्नुपर्ने पनि बताउनुभएको छ ।

सप्तगण्डकी, दामोदरकुण्ड, मुक्तिनाथ, तालबाराही, तिलिचो, फेवा, वेगनास, रुपा, मैदी, दिपाङ, खास्टेजस्ता तालका साथै पञ्चासेलगायत रमणीय पर्यटकीयस्थलका कारण यसले असाधारण सम्भावना बोकेकाले यसको अधिकतम उपयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

कृषिको आधुनिकीकरणमा जोड दिँदै प्रधानमन्त्रीले यहाँका उत्पादन चीन र भारतका ठूला बजारमा पुर्याउन आग्रह गर्नुभयो । सरकारले देशबाटै तुइन विस्थापन गर्र्दै त्यसका ठाउँमा कम्तीमा झोलुङ्गे पुल निर्माण गरिने बताउनुभयो ।

उहाँले गुणस्तरीय शिक्षाका साथै हरेक ठाउँमा स्वास्थ्य सेवाको सुलभता कायम गराइने आश्वासन दिँदै शिक्षा र स्वास्थ्य केन्द्रका रुपमा नेपाललाई विकास गर्दै देश बाहिरको पैसा भित्र्याउनुपर्ने बताउनुभयो । सामाजिक न्यायसहितको समृद्धिबाट समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताउँदै प्रधानमन्त्री ओलीले संघीय सरकारबाट गर्नुपर्ने सबै कुरामा आफूहरू तयार रहेको आश्वासन दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More