गधा गधा

  • गधा
  • गधा

गधाहरु अहिलेसम्मकै ठूलो संकटमा किन?

13 October, 2017 18:59 | विश्व समाचार | comments | 14100 Views

गधा

चीनमा गधाको छालाको बढ्दो मागका कारण विश्वभर तिनीहरुको संख्यामाथि संकटको बादल मडारिन थालेको छ।

त्यहाँ ‘हेल्थ फूड्स’ अर्थात् स्वास्थ्यवर्द्धक खाना र परम्परागत ‌औषधि बनाउन गधाको छालाको प्रयोग गरिन्छ।गधाको मासु पनि उतिकै लोकप्रिय छ तर तिनीहरुको संख्यामा आएको कमी र तिनीहरुलाई तयार पार्न लाग्ने समयका कारण आपूर्तिकर्ताहरु अरु विकल्प खोज्न बाध्य भएका छन्।गधाहरुको घट्दो संख्याका कारण अफ्रिका नराम्ररी प्रभावित भएको छ।

अभिन्न अंग
गधा त्यहाँको जनजीवनको एउटा अभिन्न अंग हो किनकि यो जनावरको प्रयोग खासगरी गरिब मानिसहरुमा यातायात र खेतीपातीका लागि हुन्छ।नगद पाउनका लागि गधाहरुको चोरी बढ्दो छ र पछिल्ला केही वर्षयता कैयौँ क्षेत्रमा गधाको मूल्य दोब्बरले बढेको छ।

जसका कारण त्यहाँका परिवारहरु गधा किन्न असमर्थ भइरहेका छन्।पानी पुर्याउने काममा संलग्न २९ वर्षीय एन्थोनी माउपे वान्यामासँग चार वर्षदेखि कार्लोस नाम गरेको गधा थियो र त्यसले राम्रोसँग काम पनि गरिरहेको थियो।

दुई सन्तानका बुवा एन्थोनीले भने, “मैले जमिन किनेँ, स्कूलको शुल्क तिरेँ र परिवारलाई हेरिरहेको थिएँ।”
नैरोबीको बाहिरी भेगमा पर्ने ओन्गाटा रोङ्गाईमा एन्थोनी र उनको गधा एकअर्काको जीवनका यसरी अभिन्न अंग बनेका थिए कि मान्छेहरुले उनलाई समेत कार्लोस भनेर बोलाउँथे।

बढ्दो चोरी
आँसु झार्दै एन्थोनीले भने, “एउटा बिहानी म उठ्दा कार्लोस थिएन, मैले वरपर खोजेँ अनि त्यसलाई मृत फेला पारेँ। त्यसको छाला निकालिसकिएको थियो।”

अहिले उनी एउटा गधा भाडामा लिएर गधा-गाडामा प्लास्टिकको निलो भाँडामा पानी पुर्याउँछन् तर उनले राम्रो आम्दानी गर्ने दिन तीन वा चार डलरको आधा हिस्सा गधा मालिकलाई दिनुपर्छ।

उनले भने, “अहिले मसँग पर्याप्त पैसा छैन, मैले भाडा तिरेको छैन, स्कूलको शुल्क तिरेको छैन।”

अब नयाँ किन्ने आर्थिक हैसियत मसँग छैन।

गधाको हितमा काम गर्ने ब्रिटेनस्थित एउटा परोपकारी संस्था द डंकी स्यांकचुरीका अनुसार वार्षिक १८ लाख गधाको छाला विक्री हुने गर्छ जबकि माग एक करोड जतिको छ

सन् १९९० मा चीनमा गधाको संख्या १ करोड १० लाख रहेकोमा घटेर अहिले ३० लाख पुगेको छ, यस सरकारी तथ्याङ्क अनुसार हो । गधाको छाला उमालेर बनाइने ‘इजिआओ’ भनिने एक प्रकारको परिकार किलोको ३८८ डलरसम्ममा विक्री हुन्छ ।

युगाण्डा, तान्जानिया, बोस्टवाना, निजेर, बुर्किनाफासो, माली र सेनेगलले चीनलाई गधा विक्रीमा प्रतिबन्ध लगाइसकेका छन् ।केन्यामा खुलेका तीनवटा वधशालाका कारण गधाको मूल्य र मागमा वृद्धि भएको छ

प्रत्येक वधशालाले दैनिक १५० वटा गधा काट्न तथा मासु प्याक गरी फ्रिजमा राख्न र छाला निर्यातका लागि तयार पार्न सक्छन्।

नैयाशास्थित स्टार ब्रिलियन्ट एक्सपोर्ट वधशालामा जीवित गधाहरु तौल गरी विक्री हुन्छ।गधाको टाउकोमा गोली हानी मारिन्छ र त्यसपछि मासु तथा निर्यातका लागि छाला तयार पारिन्छ।स्टार ब्रिलियन्ट एक्सपोर्टका प्रमुख कार्यकारी जोन कारिउकीका अनुसार केन्या र अफ्रिकामै गधाका लागि वधशाला खोल्नका निम्ति सरकारी अनुमति पाउने उनी पहिलो व्यक्ति हुन्।

उनले भने, “हामीले अनुमति पाउनुअघि गधाको बजार थिएन। मान्छेहरुले आफ्ना बच्चाको स्कूल शुल्क तिर्नका लागि गाई र खसीबाख्रा बेच्ने गर्दथे तर अहिले उनीहरुले गाईभन्दा बढी गधा बेचिरहेका छन्।”

दुर्व्यवहार
“हामी चिनियाँहरुसँग खुशी छौँ किनकि पहिला हामीले गधाबाट फाइदा लिन सकिरहेका थिएनौँ तर अहिले मानिसहरुले गधाबाट निकै फाइदा लिइरहेका छन्।”

चिनियाँ खरिदकर्ताहरुले मासु राम्रोसँग प्याक गरिए वा नगरिएको लगायतका प्रक्रपया हेर्छन्।छाला उमालेर बनाइने ‘इजिआओ’को एउटा महत्त्वपूर्ण तत्व हो।

तर गधाप्रति गरिने व्यवहारलाई लिएर आलोचना पनि भइरहेको छ।गधाको हितमा काम गर्ने ब्रिटिश परोपकारी संस्था र दक्षिण अफ्रिकास्थित ओक्सपेकर्स संस्थाका खोज पत्रकारहरुले गधालाई गरिएको दुर्व्यवहारसम्बन्धी घटनालाई बाहिर ल्याएका छन्।

डंकी स्यांकचुरीका माइक बेकरले भने, “गधाहरुले भोग्नुपरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो संकट हो।”उक्त संस्थाले राम्रोसँग नियमनको व्यवस्था नभएसम्म गधाको व्यापार रोक्नुपर्ने वकालत गर्दै आएको छ।

प्रतिबन्ध

“हामीले लाखौं गधाहरु लगिंदै गरेको देखिरहेका छौँ र मैले अहिलेसम्म नदेखेको स्तरमा तिनीहरुले पीडा खेपिरहेका छन्।””छाला सजिलैसँग निकाल्न सकियोस् भनेर गधाहरुलाई भोको राखेर मार्ने र टाउकोमा प्रहार गरेर मार्ने विषयबारे हामीले कुरा उठाइरहेका छौँ।”
अन्तर्राष्ट्रिय दबाबले काम गर्न थालेको उनी बताउँछन्।

युगाण्डा, तान्जानिया, बोस्टवाना, निजेर, बुर्किनाफासो, माली र सेनेगलले चीनलाई गधासँग सम्बन्धित सामाग्री विक्रीमा प्रतिबन्ध लगाइसकेका छन्।

बेकरले भने, “दर्जनौं सरकारहरुले गधासम्बन्धी व्यापार रोक्ने कदम चालेका छन् किनकि उनीहरुलाई थाहा छ कि त्यसले त्यहाँका जनताहरु निर्धन बनाइरहेको छ र त्यसका साथै जनावरप्रति निकै खराब व्यवहार भइरहेको छ।”

अफ्रिका महादेशभर नाटकीय स्तरमा गधाहरु मारिंदैछन् र एन्थोनी वान्या अनि उनका परिवार जस्ताका जिन्दगी कठिन भएको छ जसले न भाडा तिर्न सकेका छन् न त स्कूलका शुल्क।

ठूलो खडेरीबाट पीडित हजारौं मानिसहरु आफ्नो एकमात्र सम्पत्ति बेच्न बाध्य भएका छन् भने चोरीका कारण गधा गुमाएका मानिसहरुको अर्को किन्ने आर्थिक हैसियत छैन।

बीबीसीबाट

रक्सी पिउनेलाई मुण्डन गरी गधामा चढाएर निकालियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More