गरिबलाई निःशुल्क उपचारमा रोक

9 October, 2014 14:16 | पत्रपत्रिका , मुख्य समाचार | comments | 18150 Views

सत्तासीन र प्रभावशाली नेताको उपचारमा करोडौं रुपैंयाँ खर्च गर्ने सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा कडा रोग लागेका गरिब विरामी उपचारबाट बञ्चित भएका छन् ।

कडा रोग लागेका विपन्न विरामीका लागि सरकारले एक लाख रुपैंयाँ बराबरको उपचार गरिदिने ब्यवस्था गतवर्षदेखि लागू गरे पनि पर्याप्त बजेट विनियोजन हुन नसक्दा यस्तो सेवा बन्द भएको छ । विभिन्न अस्पतालले सरकारबाट बजेट नपाएको भन्दै गत साउनदेखि निःशुल्क उपचारमा रोक लगाएका छन्। सरकारले विपन्न नागरिक उपचार कोष निर्देशिका २०७० अनुसार गत वर्ष क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल, एनिमियाका विपन्न विरामीलाई एक लाख रुपैंयाँ बराबरको उपचार निःशुल्क गरिदिने निर्णय गरेको थियो ।

स्वास्थ्य सेवा विभागले गत आर्थिक वर्षमा यस्तो उपचारका लागि छुट्याएको ३० करोड रुपैंयाँ सकिएको छ भने उपचार सेवा दिएका अस्पताललाई अझै करिब २८ करोड तिर्न बाँकी छ । विभागका कर्मचारी दयाराम न्यौपानेले चालू आर्थिक वर्षका लागि ६२ करोड रुपैंयाँभन्दा बढी आवश्यक परेको तर अर्थ मन्त्रालयले २७ करोड मात्र विनियोजन गरेको बताए । यो रकम अगाडिको तिर्न मात्रै ठिक्क हुने उनको भनाइ छ |
-अन्नपुर्ण पोष्ट दैनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!