गर्लफ्रेण्डले दिएको गिफ्ट ४७ वर्षसम्म किन खोलिएन ?

4 January, 2018 22:36 | बिचित्र | comments | 20250 Views

एजेन्सीः के तपाइँलाई विश्वास लाग्छ कि कुनै मानिसले आफ्नो भूपूप्रेमिकाले दिएको गिफ्टलाई ४७ वर्षसम्म सम्हालेर राख्नसक्छ । सम्हालेर राख्नेमात्र कहाँ हो र ? यी महापुरुषले त एक्स गर्लफ्रेण्डले दिएको गिफ्ट खोलेर हेरेका पनि छैनन् ।

क्यानडाको टोरन्टोमा बस्ने एडिअन पिअर्स नामका व्यक्तिले आफ्नी भूपू गर्लफ्रेण्डले दिएको गिफ्टको प्याकेट ४७ वर्षसम्म पनि खोलेका छैनन् ।

उनी १७ वर्षको छँदा उनकी गर्लफ्रेण्ड विक्कीले उनीसँग ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको बेला उनले एड्रिअनलाई एक उपहार दिएकी थिइन् । उक्त गिफ्टलाई एड्रिअनले अहिलेसम्म खोलेका छैनन् । विछोडका बेला दिएको उपहारलाई भारी मन बनाएर घरमा ल्याएको एड्रिअनले अहिलेसम्म उक्त गिफ्ट खोल्ने हिम्मत गरेका छैनन् ।

एड्रिअनले उक्त गिफ्टलाई घरमा रहेको क्रिसमस ट्रीको तल राखेका छन् र आफ्ना परिवारका सदस्यलाई पनि उक्त गिफ्ट नखोल्न जानकारी गराएका छन् । उनको आदेशको सिरोपर गर्दै अहिलेसम्म परिवारको कसैले पनि उक्त गिफ्टमा हात लगाएको छैन ।

ब्रेकअप पछि उनले एक्स गर्लफ्रेण्डलाई कहिल्यै पनि भेटेका छैनन् । एकदिन उनीसँग भेट हुने र सँगै उक्त गिफ्ट खोल्ने उनको याेजना छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More