गाईको पूजा गरी चुनावी अभियान शुरु

14 November, 2017 23:42 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 2850 Views

राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुपतिनाथको मन्दिर क्षेत्रमा गाईको पूजा गरी चुनावी अभियान शुरु गरेको छ ।  महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले गाईको पूजा गरी अभियानको शुभारम्भ गर्दै मुलुकमा वैदिक संस्कृति र सभ्यताको संरक्षण गर्न हिन्दू राष्ट्रको पहिचानलाई कायम राख्नुपर्ने आवश्यकता अौंल्याए ।

संविधानप्रति पार्टीको आंशिक समर्थन रहेको छ, उनले भने —“हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था स्थापित गर्ने विषयमा राप्रपा प्रतिबद्ध छ ।”

पार्टीका प्रवक्ता भुवन पाठकले वैदिक मान्यतालाई स्थापित गरी मुलुकको आर्थिक विकास तथा जनताको समृद्धिका लागि पार्टीले साङ्केतिक रुपमा पूजा गरी अभियान थालेको बताए ।

कार्यक्रममा सो पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागितामा रहेको थियो । उक्त पार्टीको चुनाव चिह्नसमेत गाई रहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More