गाउँपालिकाका लागि सत्र रोपनी जग्गा दान

18 October, 2017 11:03 | राजनीति | comments | 6150 Views

सन्दकपुर गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयबासीले करिब रु ३४ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले सन्दकपुर गाउँपालिका–२ देउराली बजार आसपास १७ रोपनी जग्गा दान गरेका हुन् ।

दिनेश सुवेदी र कृष्ण सुवेदीले पाँच रोपनी, नेत्र सुवेदीले चार रोपनी, देउराली बजार व्यवस्थापन समितिबाट तीन रोपनी, टीकामाया गुरुङ, धनप्रकाश राई, डम्बर सुवेदी र रमिला बुर्जाले एक÷एक रोपनी तथा लीला बुर्जा र जीवन शिवाले आधा÷आधा रोपनी जग्गादान गर्नुभएको हो ।

उहाँहरूले गाउँपालिकाको नाममा सोमबार मालपोत कार्यालयमा पास गरिदिएको स्थानीय दिनेश सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकालाई प्राप्त जग्गा र आवश्यक पर्ने जग्गाको व्यवस्थापन गरी भवन निर्माणको प्रक्रिया अघि बढाइने गाउँपालिकाको कार्यालयले जनाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिकामा एमाले र चक्रघट्टा गाउँपालिकामा माओवादी विजयी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More