जय नेपाल जय नेपाल

  • जय नेपाल
  • जय नेपाल
  • जय नेपाल
  • जय नेपाल
  • जय नेपाल
  • जय नेपाल

गायक लामिछानेको गीत ’जय नेपाल’ सार्वजनिक (भिडियो सहित)

20 February, 2018 18:02 | कला/मनोरन्जन | comments | 93600 Views

जय नेपाल

गायक शिव लामिछानेको गीत ’जय नेपाल’ सार्वजनिक भएको छ । चाहे माया गर , किन दुख्छ मुटु मेरो लगायतका गीत मार्फत चर्चामा आएका गायक लामिछानेलाई शिवाजको नामले सांगीतिक दुनियामा चिन्ने गरिन्छ ।

adsads

उनले यस गीतलाई आफु अध्यक्ष रहेको कृपा फाउन्डेसनको पहिलो वार्षिकोत्सवमा सार्वजनिक गरेका थिए । युट्युब मार्फत सार्वजनिक यस गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत रहेको छ । गीतमा हिमाली मनोरम दृश्यलाई देख्न सकिन्छ भने यसमा शिव आफै फिचरीङ छन् । गीतमा विभिन्न भाषाभाषी र उनीहरुको संस्कृतिलाई देखाइएको छ ।

’गीत मार्फत नेपालको सुन्दरता देखाउने प्रयास गरिएको छ’ शिव भन्छन ’गीत मार्फत हामीले हिमाललाई संस्कृतिसंग जोड्ने प्रयास गरेका छौ ।’ गीतलाई नरेन लिम्बु र विनय कंसाकारले संयुक्त रुपमा छायाँकन गरेका हुन् । गीतमा बिनयकै सम्पादन र नरेनको निर्देशन रहेको छ ।

शिव लामिछाने – राष्टिय गीतमा हामीले हिमाली भेगको सुन्दरता झल्काउने कोसिस गरेका छौ । गीतमा हामीले विभिन्न भाषाभाषीको संस्कृतिलाई पनि समेटेको छौ । गीतमा हामीले नेपालीको आफ्नो पनलाई महसुस गराउन खोजेका छौ भने अतिथि प्रतिको सम्मान पनि । यो मेरो लागि पनि केहि भिन्न गीत हो , किनकी मैले यस किसिमको गीतमा आफुलाई प्रस्तुत गरेको छैन ।

भिडियो-

मिलन र तृप्तिको म्युजिक भिडियो ‘माया नै माया छ’सार्वजनिक (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जय नेपाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More