गीतकार देव बज्राचार्यको निधन

13 September, 2017 16:56 | कला/मनोरन्जन | comments | 4500 Views

लोकप्रिय गीतकार देव बज्राचार्यको ६४ बर्षको उमेरमा निधन भएको छ।

स्वासप्रश्वास, प्रोस्टेट ग्रन्थि लगायत समस्याबाट ग्रस्त बज्राचार्यको बयोधा अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।अरुणा लामा, मीरा राणा, मधु क्षेत्री लगायतका  गायक-गायिकाले बज्राचार्यको रचनामा स्वर दिएका छन् ।

उनको ’एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’लगायतका गीत निकै लोकप्रिय छन्।उनी संगीतकार न्हू बज्राचार्यका काका हुन् । बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

भेडिखर्के साँइलाको निधन, लोकसंगीतमा अपूरणीय क्षति

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More