गुजरातमा वर्षाबाट १५ को मृत्यु

17 July, 2017 19:48 | विश्व समाचार | comments | 3 Views

पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुले थप जनकारी दिएका छन् ।  बाढी प्रभावित क्षेत्रमा प्रकोप व्यवस्थापन बलले उद्धार कार्य जारी राखेको जानकारी दिइएको छ । बाढी प्रभावित क्षेत्रका करिब दुई हजार व्यक्तिलाई उद्धार गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रकोपको मारमा पर्नसक्ने र उद्धार गरिएका व्यक्तिहरुलाई सुरक्षित स्थानमा लगिएको छ । पहाडी राज्य उत्तराखण्ड सन् २०१३ मा पनि बाढी पहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै छ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार सात सय जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ठूलो संख्याका ती व्यक्ति पछि नभेटिएकाले उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More